२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २आजदेखि सर्लाहीमा पनि निषेधाज्ञा जारी

आजदेखि सर्लाहीमा पनि निषेधाज्ञा जारी


जनकपुर – प्रदेश २ को सर्लाही जिल्लामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज विहानदेखि निषेधाज्ञा जारी गरेको छ । विना काम घर बाहिर निस्कन नपाउने गरि सर्लाहीमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला संकट ब्यवस्थाप केन्द्रको बसेको बैठकले निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम साउन २६ गते सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरस परीक्षणको दायरा बढाइए सँगै जिल्लाको मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदाय स्तरमै संक्रमण फैलिसकेको डिसीएमसी  बैठकले ठहर गरेको छ । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा नै जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ