प्रदेश २ का कानुन मन्त्री यादव सहित सचिवालयका पाँच जनामा कोरोना पुष्टि, निवासमै आइसोलेट गरियो

जनकपुर – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव सहित सचिवालयका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गएराति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना संक्रमण देखिएको हो ।
मन्त्री यादवका सवारी चालक, सुरक्षा गार्ड, अंगरक्षक र एक जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको कानुन मनत्रालयका अधिकृत किशोरी शरण यादवले बताए ।
अधिकृत यादवका अनुसार संक्रमित मन्त्री सहित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । ‘काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले भन्यो ।
प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृह सचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए । संक्रमित मन्त्री यादव लगायत सवै जनालाई होम आइसोलेट गरिएको अधिकृत यादवले वताए ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस