गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा एक पालिकाबाट अर्को पालिकामा जान नपाइने हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १६:१३ मा प्रकाशित जनकपुर—बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले असार ५ गते सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाभर निषेधाज्ञा जारी गरेको छ । गाउँपालिका र वडा कार्यालयहरुबाट दैनिक रुपमा प्रदान भइरहेको सेवाहरु समेत बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा अत्यावश्यक सेवाबाहेका सम्पूर्ण पसल, बजार, कलकारखानासमेत अर्को सूचना नआउँदासम्मका लागि बन्द हुने उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण रोग ऐन—२०२० को दफा २ बमोजिम गाउँपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अन्य स्थानीय तहबाट पनि त्यस गाउँपालिकामा आवत—जावतमा पूर्ण रुपमा रोक लगाएको छ । देवताल गाउँपालिकामा पछिल्लो पटक ७४ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखिसकिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द