गृहपृष्ठ ∕ प्रदेश २ ∕ सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १७:२४ मा प्रकाशित जनकपुर – सिरहाको लहानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सप्तरीको खडक नगरपालिका—३ बस्ने अन्दाजी २३ वर्षीया मौसम खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो । डाक्टरका लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दैं आफन्तले कारवाहीको माग गरेका छन् । करिब एक महिना आगाडि ती महिलाले लहानमा रहेको लीला मदन पोलिक्लिनिकमा शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरिएको ठाउँमा उनको दुई वटा टाका चुडिएपछि पुनः सोही पोलिक्लिनिकमा थप उपचारका लागि ल्याइएको थियो । ३० हजार रुपैयाँ लिएर दोस्रो पटक पुनः शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको परिवारको दाबी छ । आफन्तले अस्पताल परिसरमा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । खातुनको मृत्यु लगत्तै सो क्लिनिकका डा. दिलिप साह फरार भएका छन । इलाका प्रहरी कार्यलय लहानले भने उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ६ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) विपरिता करणी योगासन गर्ने विधि र फाइदा दिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) विपरिता करणी योगासन गर्ने विधि र फाइदा दिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो