एक बालक सहित बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर – प्रदेश २ को बारा जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
बाराको सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी बताए ।
संक्रमितहरुलाई कलैयास्थित अस्पतालमा ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले बताए । यससँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ भने ५१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस