भारतबाट दिनहुँ भित्रिदा क्वारेन्टाइन अव्यवस्थित, संक्रमणको जोखिम उच्च

जनकपुर – भारतबाट दिनहुँ स्वदेशी भित्रिदा क्वारेन्टाइन अव्यवस्थित बन्दै गएका कारण संक्रमण फैलने चिन्ता झनै बढेको छ । बढ्दो संख्या र ठाउँको अभावले कोचाकोच गरेर बस्न बाध्य छन् क्वारेन्टाइनका नागरिक ।
कमला नगरपालिका ८ स्थित मावि टेढामोडको क्वारेन्टाइनमा भारतको क्वारेन्टाइनमा बसेर आएका नागरिक सहित अहिले ६० जनाभन्दा बढी व्यक्तिलाई राखिएको छ । उक्त क्वारेन्टाइनमा व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठामात्र होइन् बरण्डामै डनलप ओछ्याएर उनीहरुलाई सुत्न भनिएको छ ।
विद्यालयमा भएको एउटा शौचालयले दिशा, पिसाव गर्न अत्यधिक समस्या भोग्नु परिरहेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ । क्वारेन्टाइनमा साबुन, सेनिटाइजर समेत नरहेकाे उनीहरू बताउछन।
सो क्वारेन्टाइनमा बस्दै आएका कमला नगरपालिका ५ भाहुवाहाका सन्तोष सदाले भने, ‘म भारतको क्वारेन्टाइनबाट यहाँ आएको ११ दिन भैसक्यो, न त जाँच भएको छ न त स्वास्थ्यकर्मी नै आएका छन् । म यहाँ पनि बस्छु तर मेरो जाँच त हुनुपर्यो।’
यसै सन्दर्भमा बोल्दै नगरपालिका प्रमुख रामउदगार गोइतले भने, ‘शुरुमा व्यवस्थित गरिएपनि संख्या एक्कासी बढ्दै गएपछि समस्या भएको हो।’ दैनिक २० देखि २५ जना थपिन थालेपछि समस्या भएको उनको भनाइ छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस