गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १२:३४ मा प्रकाशित जनकपुर – प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी एक महिला र ६ जना पुरुष सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिएका हुन् । संयोजक यादवकाअनुसार उनीहरु सातै जनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भरतबाट १० दिन अघि फर्किएका सातै जना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा बस्दै आएका ५४ जनाको जेठ १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि हेटौँडा स्थित प्रयोगशालामा पठाइएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए । त्यस्तै, पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की १५ वर्षकी किशोरीमा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । किशोरीमा उनको बुबाबाट नै कोरोना सरेको पाइएको छ । गत जेठ ६ गते भारतबाट फर्केर आएका ती किशोरीका बुवालाई पनि कोरोना संक्रमण भएको थियो । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ६७ पुगेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ३ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ७ सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल तीन महिनाको छोरो भेट्ने चाहना ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ २१ माघबाट आउने हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल तीन महिनाको छोरो भेट्ने चाहना ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ २१ माघबाट आउने