आइसोलेसन र क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मर्म विपरित रहेको प्रदेश २ का मुख्यमन्त्री राउतद्धारा स्वीकारोक्ति, तिनै तहको सरकार बिचमा समन्वय र सहकार्यको अभाव कायमै
जनकपुर – प्रदेश २ प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु भएको छ । बुधबार दिउँसो १ बजे बोलाइएको चौथो अधिवेशनको पहिलो बैठकमा कोरोना महामारीका कारण समाजिक दुरी कायम गरिएको देखियो । समाजिक दुरी मिलाउदै प्लाष्टिकका कुर्सीहरुमा केहि सांसद, मुख्यमन्त्री र मन्त्रीहरुको सहभागितमा बैठक बसेको छ ।
अबिधेशनको पहिलो मन्तब्य सुरु गरेका मुख्यमन्त्री राउतले कोरोना संक्रमणका कारण मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । आइसोलेसन र क्वारेन्टाइनमा विभिन्न असुविधा र पिडाका बिच पनि सरकारको नियम पालना गरिरहेकाहरुलाई मुख्यमन्त्री राउतले धन्यवाद र शुभकामना व्यक्त गरे ।
देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना धेरै रहेको भन्दै मुख्यमन्त्री राउतले उनीहरुलाई अहिले राखिएको विद्यालय, धर्मशाला सहितको सार्वजानिक स्थल र त्यसमा रहेको व्यवस्थाहरु वास्तवमै विश्व स्वास्थ्य संगठनको मर्म विपरित रहेको स्वीकार गर्दै अभावको यस अवस्थामा तिनै तहको सरकार बिचमा समन्वय र सहकार्यको आवयश्कता रहेको बताए ।
बाहिरबाट आएकाहरुको पिडा देखिन नसक्ने किसिमको रहेको उनले बताए । संघिय सरकारले अभिभावको भूमिका निर्वाह गर्न नसकेको उनको अरोप छ । प्रदेश सरकार हरसम्भव प्रयास गरेको उनको दावी छ । करिब सय ३ सयको संख्यामा दैनिक संक्रमित बढिरहेपनि संघिय सरकार गम्भिर नभएको उनको आरोप । कोरोना नियन्त्रण र स्वास्थ्यको सवै पुर्वाधार तथा देश फर्केका बेरोजगारहरु नै अगामि बजेटको प्राथमिकता हुने उनले बताए ।
त्यसपछि बोलेका राजपा संसदिय दलका नेता तथा मन्त्री जितेन्द्र सोनलले कोरोना महामारीको नियन्त्रण, अहिलेको अव्यवस्था र वाहिर तथा देशभित्रका पनि जनताले भोग्न परेको पिडा नै बजेटको मुख्य अंश हुनुपर्ने बताए । त्यसपछि बोलेका नेकपाका सत्यनारायण मण्डलले प्रदेश सरकार कोरोना नियन्त्रण, आइशोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनमा तदारुकता देखाउन नसकेको आरोप लगाए । उनले पनि अहिले कोरोनामै ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका थिए ।
त्यस लगतै सभामुख यादवले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवलाई अगामि बजेटको उद्देश्य, सिद्वान्त र कारण सम्बन्धमा बनेको प्रस्ताव पेश गर्न अनुमती दिएसंगै अर्थमन्त्री यादवले प्रस्ताव पेश गरे । मन्त्री यादवले बजेट नतिजामुखी बनाइने बताउदै कोरोना महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य सम्बन्धी मौलिक हकको परिपुर्ती सहित नै बजेटको मुख्य अंश रहने बताए ।
जोखिम न्युनीकरणका साथै गुणस्तरीय स्वास्थ्यका लागि भौतीक पुर्वाधार र जनशक्तीको निर्माण गरिने बजेटको उद्देश्य र सिद्वान्तहरु मन्त्री यादवले पस्तुत गरे । जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि बजेट केन्द्रित हुने उनको प्रस्तावमा थियो ।