गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा थप ७ जनामा कोरोना पुष्टि, जिल्लामा मात्र १ सय ३ पुग्यो पर्सामा थप ७ जनामा कोरोना पुष्टि, जिल्लामा मात्र १ सय ३ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ जेठ २१ गते, १४:१५ मा प्रकाशित जनकपुर – प्रदेश न.२ को पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । कालिकामाई गाउँपालिकामा ४ जना, सखुवाप्रसौनी गाउँपालिकामा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमै रहेका छन् । संक्रमितहरु १६ देखि ४९ वर्षसम्मका रहेका छन् । सबै संक्रमित पुरुषहरु छन् । विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ भने अन्यलाई ल्याउने क्रम जारी छ । यसअघि नै ५० बेड आइसोलेसन क्षमता भएको गण्डक अस्पतालमा २३ जना संक्रमित उपचारत थिए । पर्साका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएको र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको छ । योसंगै पर्सामा १ सय ३ जना संक्रमित भएका छन् । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला