२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा संक्रमितको संख्या ६२४ पुग्यो, सप्तरीमा आइसोलेशन बेडको अभाव

प्रदेश २ मा संक्रमितको संख्या ६२४ पुग्यो, सप्तरीमा आइसोलेशन बेडको अभाव


जनकपुरधाम – पछिल्लो तथ्यांक अनुसार प्रदेश २ मा २४ घण्टामा ७७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार धनुषा जिल्लामा २१ जना, सप्तरीमा १२, सर्लाही जिल्लामा १० जना, रौतहट जिल्लामा २९ जना र पर्सा जिल्लामा ५ जना मा कोरोना संक्रमणको पुष्टी भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय २४ पुगेको छ । कोरोना संंक्रमितिहरु मध्ये उपचार पश्चात ९८ जनाले स्वाथ्य लाभ प्राप्त गरेका छन् । धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टाईनमा रहेका २१ बर्षिय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको हो । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका बर्ष १९ बर्षका २ जना तथा २०, २१, २३, २४, र २७ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

धनुषा जिल्लाकै मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २४, २५, २६, २७, २८, ३०, ४५, ४६ र ३५ बर्षमा ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका अधिकांस संक्रमितहरु भारतको गुजरातबाट आएको बुझिएको छ । जसमा चारनाथ नगरपालिकाका संक्रमितको स्वाव जेठ ११ गते संकलन गरिएको थियो । त्यसैगरी गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियारपट्टीका संक्रमितहरुको १० गते स्वाव संकलन गरिएको थियो ।

आइसोलेशन बेडको अभाव हुँदा क्वारेन्टाइनमा बस्न बाध्य संक्रमित 

सप्तरीमा पुष्टि भएका राजगढ गाउँपालिकाको क्वारेन्टिमा रहेकाहरुमा संक्रमण पुष्ष्टि भएको छ । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १७ वर्षदेखि ४५ वर्षसम्मका पुरुषहरु रहेका छन् । सप्तरीमा आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको स्थानीय क्वारेन्टाइनमा रहेका एक जना उमेर स्पष्ट हुन नसकेका पुरुष सहित १५, २४, ३४, ५० र ४० बर्ष उमेरका २ जनागरी कुल ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्रा.वि.को क्वारेन्टाईनमा रहेका बर्ष २५, २८ र ४८ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा हरिपुर नगरपालिका संक्रमितहरुको जेठ १३ गते र ब्रम्हपुरी गाउँपालिकाका संक्रमितहरुको जेठ १५ गते स्वाव संकलन गरिएको थियो । सक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर सम्बन्धित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित गंगा पिपरा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ बर्षका २ जना गरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै इशनाथ नगरपालिका बडा नम्वर सातमा रहेको घिउरा मा.वि.को क्वारेन्टाईनमा रहेका २० बर्षका २ जना सहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोही नगरपालिका वडा नम्वर ८ मा रहेको जोकाहा मदरसाको क्वारेन्टाईनमा रहेका ४, ८ र १२ बर्षिय बालक तथा ३० बर्षका २ जना पुरुष सहित १८, २२, ४५ र ५२ बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्लाका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

यसस्थानमा भइरहेको छ  संक्रमितको उपचार 

रौतहटजिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २८ पुरुषगरी कुल ३१ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ४२ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका बर्ष २५ बर्षिय महिला तथा २२ बर्षिय दुई जना पुरुषहरु सहित २५ र ३६ बर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

यस्तै, पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

त्यसैगरी, धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र २३ जना पुरुषगरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित ४० जना पुरुष र १ जना महिलागरी कुल ४१ जना कोरोना संक्रमितहरुकोको उपचार भइरहेको छ ।

त्यसैगरी, सिराहा अस्पताल सिराहामा ४ जना र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना, गरी कुल १२ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा  जानकारी गराएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ