गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १२:४२ मा प्रकाशित जनकपुर – सिरहामा दुईजना युवालाई कोरोना भाईरसको संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि श्वाब परीक्षणका लागि जनकपुर पठाइएको छ । काठमाडौँ बसेर एमबीबीएसको तयारी कक्षा गरिरहेका लहान नगरपालिका वडा नम्बर २२ का २२ बर्षिय युवकमा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाई लाग्ने ,ज्वरो आउने समस्या भएपछि उनको स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव सिंहले जानकारी दिएका हुन् । त्यसैगरी भारतको बम्बईबाट आएका र घरमै लुकी छिपी बसेका गोलबजार नगरपालिकाका अर्को एक जनालाई परीक्षणका लागि जनकपुर पठाइएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि शनिबार संम्पर्कमा आएका ती युवकलाई जनकपुर पठाइएको हो । भारतको बम्बईस्थित होटलमा काम गर्ने ती युवक १० दिन अघि आएको भएपनि घरमै लुकेर बसेका थिए । अहिले ज्वरो आउने , खोकी लाग्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखसँग सम्पर्कमा आएकोले स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । १७ वटा स्थानीय तहले क्वारेनटाईन बनाएको भए पनि नागरिकहरु गाँउमै लुकीछिपी बसिदिने गरेका कारण समस्या भएको गोलबजार नगरपालिकाका प्रमुख शाहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम