बच्चामा जन्मजात हुने अपांगता विश्वव्यापी समस्याका रूपमा रहेको भएपनि यसको दुष्प्रभाव विकासोन्मुख मुलुकमा बढी देखिएको छ । विश्व स्वास्थ संगठनको अनुमानअनुसार ३ देखि ६ प्रतिशत बालवालिका जन्मदै पूर्ण वा आंशिक आनुवंशिक समस्याका कारण जन्मजात अपांगता लिएर जन्मन्छन् ।
जन्मजात अपांगता रोकथाम तथा व्यवस्थापन सम्बन्धी क्षेत्रमा काम गर्ने अमेरिकी संस्था मार्च अफ डाइम्सद्वारा प्रकाशित एउटा प्रतिवेदनअनुसार नेपालमा अनुमानित ५.९ प्रतिशत जन्ममा जन्मजात अपांगता देखिन्छ ।
ठूलो संख्यामा बालवालिका, गर्भवती महिला र तिनको परिवारले गर्भावस्थामा अपनाउनुपर्ने सावधानी नअपनाउँदा, मध्यपान तथा धुम्रपान गर्ने, आयोडिनको कमी, रुबेला तथा भिरङ्गीको संक्रमण हुनेजस्ता कारणले पनि उल्लेख्य संख्यामा बच्चामा जन्मजात अपांगता हुने गर्छ । जन्मजात अपांगता एउटै परिवारका सदस्यबीचमा गर्भधारण भएको अवस्थामा पनि उच्च हुने गरेको पाइएको छ ।
अपांगता जन्मजात हुन्छ र जन्मपछि पनि विकसित हुने गर्छ । जन्मजात हुने र पछि विकसित हुने अपांगता धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । विश्वव्यापी अनुमानअनुसार करिब ४० प्रतिशतभन्दा बढी जन्मजात हुने अपांगता रोकथाम गर्न सकिन्छ ।
बच्चालाई जन्मजात अपांगताबाट बचाउन के गर्ने ?
ठूलो संख्यामा बालबालिका, गर्भवती महिला र तिनको परिवारले गर्भावस्थामा अपनाउनुपर्ने सावधानी नअपनाउँदा, मध्यपान तथा धुम्रपान गर्ने, आयोडिनको कमी, रुबेला तथा भिरङ्गीको संक्रमण हुनेजस्ता कारणले पनि उल्लेख्य संख्यामा बच्चामा जन्मजात अपांगता हुने गर्छ । जन्मजात अपांगता एउटै परिवारका सदस्यबीचमा गर्भधारण भएको अवस्थामा पनि उच्च हुने गरेको पाइएको छ ।
अपांगता रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष मातृशिशु सुरक्षा र स्याहार नै हो । गर्भधारण गर्नुअगाडि दम्पतीले बच्चा पाउने योजना गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । यसरी गर्भाधारण गर्ने विचार पश्चात गर्भवती हुनुभन्दा ठीक तीन महिना पहिलेदेखि दम्पती दुवैले फोलिक एसिड खान थाल्ने हो भने मेरुदण्डमा आउने समस्याहरू रोक्न सकिन्छ ।
गर्भावस्थामा खाइने आइरन चक्कीको नियमित सेवन पनि जन्मजात अपांगताको रोकथामका उपायमा पर्छ । यसैगरी, बच्चा जन्मिने क्रममा चिकित्सकीय सेवा र सुविधा उपलब्ध नभई लामो प्रसव प्रक्रिया हुँदा बच्चालाई मस्तिष्क पक्षघात हुन्छ ।
त्यसैले गर्भमा बच्चा रहनेबित्तिकै गर्भावधिमा गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गरी कम्तीमा ४ पटक पूर्व प्रसव परीक्षण गराउने र गर्भमा बच्चाको अवस्था हेरी बच्चा कहाँ जन्माउने भन्ने निर्धारण गर्नु उचित हुन्छ । बच्चाको जन्म चिकित्सकीय सेवा र सुविधा उपलब्ध भएको स्थानमा हुनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि सबैभन्दा राम्रो हुन्छ ।
पोषण र अपांगता पनि एक अर्कामा जोडिएका छन् । गर्भवती हुँदा आमा कुपोषित भए जन्मने बच्चा पनि कुपोषित हुन्छ । शिशु अवस्थामा पर्याप्त पोषण नहँुदा र जन्मजात कुपोषित हुँदा बच्चाको शाारीरिक तथा मानसिक वृद्धि कम हुने, बच्चामा बौद्धिक अपांगता हुनेजस्ता समस्या हुन्छन् ।
बच्चा जन्मिएपछि दिनुपर्ने खोप नियमित रूपमा दिनुपर्छ । बच्चा जन्मिएको ६ साता, १० साता र १४ सातामा पोलियो थोपा तथा खोपका कारण पोलियोका कारण हुने शाारीरिक अपांगता निर्मूलप्रायः भएको हामी सबैले देखेका छौं ।
जन्मजात हुने अपांगता रोकथाम कार्यक्रमले अपांगता भएको बच्चा जन्मिन रोकथाम मात्र गर्ने होइन मातृ तथा शिशु मृत्यु दर रोक्न पनि उत्तिकै मद्दत गर्छ । त्यसैले यो मातृ शिशु स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो पनि हो ।
साथै, गर्भवती महिला, उनका पति र परिवारले पनि गर्भावस्थाको गम्भीरता र महत्व बुझी समयमै स्वास्थ परामर्श लिने, पौष्टिक आहार खाने, नसा सेवन नगर्ने, कुनै पनि प्रकारका औषधी सेवन गर्दा स्वास्थकर्मीको परामर्शमा मात्र गर्ने र बच्चा पाउने बारेमा दम्पतीका बीचमा सल्लाह गरी योजनाबद्ध रूपमा गर्भाधारण गर्ने अभ्यासले जन्मजात अपांगता घटाउनेमात्र हैन, आमा, गर्भमा आउने बालक र जन्मिएको शिशुको जीवन रक्षा र स्वस्थ जीवनको प्रत्याभूति समेत गर्छ ।
गर्भावस्थाका यी गल्तीले अपांगता बच्चा जन्मन्छ
गर्भावस्था यसकारण पनि रोमान्चक हुन्छ कि ‘पैदा हुने बच्चा कस्तो होला ?’ आफ्नो गर्भमा हुर्किरहेको बच्चाको रुपरंग कस्तो होला भन्ने कौतुहलताले मनलाई उथलपुथल बनाइरहेको हुन्छ । यससँगै अज्ञात भय हुन्छ, ‘जन्मने बच्चा सग्लो त होला ? कुनै शारीरिक कमजोरी पो हुने हो कि ?’ यस किसिमको चिन्ता हुनु स्वभाविक हो ।
हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथ आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ ।
तर, बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन् । चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छन् । पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डीको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् ।
विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरीरमा धेरै खालका परिवर्तनहरु हुन्छन् । यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो । यसै कारण उनीहरुलाई समय—समयमा केही विशेष खान मन लाग्छ । जस्तैः अमिलो पिरो, चटपटे, कुनै विशेष परिकार आदि ।
गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर बच्चामा यसको नकारात्मक प्रभाव पर्छ, जसले उनीहरुमा अपांगताको खतरालाई बढाइदिन्छ । गर्भावस्थाको क्रममा निम्न कुरालाई ख्याल राखेर आफ्नो हुनेवाला शिशुलाई अपांगताबाट बचाउन सक्छ ।
सबै जरुरी जाँच गराउनुहोस्
गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्छ । तीन महिना पहिले सबै आवश्यक परिक्षणजस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस् । साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन । यसको कारणले पछि कुनै समस्या हुँदैन ।
भाइरल संक्रमणबाट बच्नुहोस्
गर्भावस्थाको क्रममा आमा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ जसलाई भाइरल इन्फेक्सन भएको छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान भन्छन् । सार्वजनिक स्थानमा कैयौं खालको संक्रमणको चपेटामा आएमा यसको असर भ्रुणमा पर्छ ।
शान्त वातावरणमा रमाउनुहोस्
गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ । यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।
मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्
यदि तपाईं गर्भवती हुनुहुन्छ भने स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ । यदि तपाईंमा मदिरा सेवन वा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनुहोस् । मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भु्रणको विकास रोकिन सक्छ ।
मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ । यस बाहेक धुम्रपानको कारणले बच्चालाई कैयौ समस्याहरु हुन सक्छन् जस्तै जन्मदेखि नै कम तौल हुनु यसबाहेक समयभन्दा पहिले बच्चा जन्मिन सक्छ ।
कोल्ड ड्रिंक र प्याकेज्ड जुस नपिउनुहोस्
गर्भावस्थामा जुस पिउनु पाइदाजनक हुन्छ तर फ्रेस जुसको सट्टा प्याकेज्ड जुस पिउनाका कैयौं खतरा पनि छन् । बाहिरका जुसमा ब्याक्टेरिया हुन सक्छन् । त्यस्तै कोल्ड ड्रिंकमा उच्च मात्रामा प्रिजर्भेटिभ्सको प्रयोग भएको हुन्छ ।
बाहिरको खाना नखानुहोस्
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणले केही चटपटे खाने कुरा वा जिब्रोलाई स्वाद हुने खाने कुरा खान मन लाग्छ । तर, बच्चाको स्वास्थ्यको लागि तपाईंले आफ्नो जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ । खासगरी पिज्जा, बर्गर, स्ट्रीट फुड, चटपटे, पानीपुरी आदिको सेवन नगरेकै राम्रो हुन्छ ।
अपांगता रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष मातृशिशु सुरक्षा र स्याहार नै हो । गर्भधारण गर्नुअगाडि दम्पतीले बच्चा पाउने योजना गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । यसरी गर्भाधारण गर्ने विचारपश्चात गर्भवती हुनुभन्दा ठीक तीन महिना पहिलेदेखि दम्पती दुवैले फोलिक एसिड खान थाल्ने हो भने मेरुदण्डमा आउने समस्याहरू रोक्न सकिन्छ ।
गर्भावस्थामा खाइने आइरन चक्कीको नियमित सेवन पनि जन्मजात अपाङ्गताको रोकथामका उपायमा पर्छ । यसैगरी, बच्चा जन्मिने क्रममा चिकित्सकीय सेवा र सुविधा उपलब्ध नभई लामो प्रसव प्रक्रिया हुँदा बच्चालाई मस्तिष्क पक्षघात हुन्छ ।
त्यसैले गर्भमा बच्चा रहनेबित्तिकै गर्भावधिमा गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गरी कम्तीमा ४ पटक पूर्वप्रसव परीक्षण गराउने र गर्भमा बच्चाको अवस्था हेरी बच्चा कहाँ जन्माउने भन्ने निर्धारण गर्नु उचित हुन्छ । बच्चाको जन्म चिकित्सकीय सेवा र सुविधा उपलब्ध भएको स्थानमा हुनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि सबैभन्दा राम्रो हुन्छ ।
पोषण र अपांगता पनि एक अर्कामा जोडिएका छन् । गर्भवती हुँदा आमा कुपोषित भए जन्मने बच्चा पनि कुपोषित हुन्छ । शिशु अवस्थामा पर्याप्त पोषण नहँुदा र जन्मजात कुपोषित हुँदा बच्चाको शाारीरिक तथा मानसिक वृद्धि कम हुने, बच्चामा बौद्धिक अपाङ्गता हुनेजस्ता समस्या हुन्छन् ।
बच्चा जन्मिएपछि दिनुपर्ने खोप नियमितरूपमा दिनुपर्छ । बच्चा जन्मिएको ६ साता, १० साता र १४ सातामा पोलियो थोपा तथा खोपका कारण पोलियोका कारण हुने शाारीरिक अपांगता निर्मूलप्रायः भएको हामी सबैले देखेका छौं । जन्मजात हुने अपांगता रोकथाम कार्यक्रमले अपांगता भएको बच्चा जन्मिन रोकथाम मात्र गर्ने होइन मातृ तथा शिशु मृत्यु दर रोक्न पनि उत्तिकै मद्दत गर्छ । त्यसैले यो मातृ शिशु स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो पनि हो ।
साथै, गर्भवती महिला, उनका पति र परिवारले पनि गर्भावस्थाको गम्भीरता र महत्व बुझी समयमै स्वास्थ परामर्श लिने, पौष्टिक आहार खाने, नसा सेवन नगर्ने, कुनै पनि प्रकारका औषधि सेवन गर्दा स्वास्थकर्मीको परामर्शमा मात्र गर्ने र बच्चा पाउने बारेमा दम्पतीका बीचमा सल्लाह गरी योजनाबद्ध रूपमा गर्भाधारण गर्ने अभ्यासले जन्मजात अपांगता घटाउनेमात्र हैन, आमा, गर्भमा आउने बालक र जन्मिएको शिशुको जीवन रक्षा र स्वस्थ जीवनको प्रत्याभूतिसमेत गर्छ ।