भर्खरै जन्मिएका शिशु तथा स–साना बालवालिकाले ओछ्यानमा पिसाब फेर्नुलाई सामान्य मानिन्छ । तर, कतिपय बालवालिकाले ठूलो भएपछि पनि ओछ्यानमा पिसाब फेर्न भने छोडेका हुँदैनन् । कतिपयमा यो एक गम्भीर समस्याको रुपमा पनि देखा पर्छ । सामान्यतयाः कुनै पनि बालवालिकामा छिटोमा १ र ढिलोमा ४ वर्षको उमेरभित्र नै आफ्नो दिशा–पिसाब रोक्न सक्ने क्षमताको विकास पूर्ण रुपमा भइसकेको हुन्छ । तर, कतिपय यो उमेर पार गरिसकेका बालवालिकामा नचाहदा नचाहदैं पनि पिसाब रोक्न नसक्ने समस्या देखा पर्छ ।
यसरी कोशिस गर्दागर्दै पनि पिसाब रोक्न नसक्ने र राती सुतेको अवस्थामा ओछ्यानमा नै पिसाब फेर्ने समस्यालाई मेडिकल टममा ‘नक्टोरल एनयुरेसिस’ भनिन्छ । साधारणतयाः पिसाब थैली भरिन लागेको अवस्थामा हाम्रो चेतनाका कारण हामी आफूलाई पिसाब लागेको कुरा थाहा पाउँछौ । तर, यहि सेन्सेशनको अभावका कारण कतिपयलाई आफूलार्ई पिसाब लागेको वा नलागेको कुरा पनि थाहा हुँदैन । अधिकांशमा यस्ता समस्या दिउँसो पिसाब रोक्ने बानीका कारण देखा परेको पाइन्छ ।
पिसाब रोक्दा हामीलाई पेटको तल्लो भाग दुख्ने भएता पनि उनीहरु आफ्नो पिसाब रोकिरहन्छन् । तसर्थ यसरी लगातार पिसाब रोक्ने बानीका कारण पिसाबको थैलो पनि अल्छि भएर जान्छ । राती निदाएको अवस्थामा अर्धचेत हुने भएकोले फलस्वरुपः यसको असर उनीहरुमा सुतेको समयमा देखापर्छ । प्रायजसोः विद्यालय जाने बालवालिका र धेरै टेलिभिजन तथा मोबाइलमा व्यस्त रहने बालवालिकामा यस्ता समस्या देखा पर्छ । यसबाहेक बालवालिकामा यस्ता समस्या देखा पर्नु पछाडि अन्य विभिन्न कारणहरु पनि रहेका हुन्छन् ।
- बानी
- अल्छीपन
- पिसाब थैली खुम्चिनु
- पिसाब रोक्ने शक्ति कमजोर हुनु
- अस्थिर रअल्छी पिसाब थैली
- बनावटी विकृति (पिसाबको नली उल्टो हुनु वा पिसाब फेर्ने ठाउँमा झिल्ली हुनु)
यस्ता समस्या देखा परेका बिरामीलार्ई सर्वप्रथम हामी ट्वाइलेट ट्रेनिङ्ग प्रदान गर्छाै । यस ट्रेनिङ्ग अन्तर्गत हामी बालवालिकालाई दिशा–पिसाबको निम्ति ट्वाइलेट प्रयोग गर्न सिकाउँछौ । र, विस्तारै–विस्तारै उनीहरुमा ट्वाइलेट प्रयोग गर्ने बानीको विकास हुन थाल्छ ।
ट्वाइलेट ट्रेनिङ्ग प्रदान गरिसकेपछि पनि बालवालिकामा यस्ता समस्या देखा परेमा कतिपयमा पिसावथैलीमा देखा परेको गडबढि वा बनावटी विकृतिका कारण देखा पर्ने भएकोले भएको कारण पनि देखा परेको हुन सक्ने भएकोले त्यस्तो अवस्थामा भने हामीले उक्त बालवालिकाको रगत तथा पिसाब जाँच गराउनु आवश्यक रहन्छ । तसर्थ, यसका निम्ति उनीहरुलाई चिकित्सककोमा एकपटक अनिवार्य रुपमा परामशर्को निम्ति लैजानु पर्छ । यसबाहेक हामीले आफ्ना बालबालिकालाई यस्ता समस्या नदेखियोस् भन्नका लागि निम्न उपायहरु पनि अपनाउन सकिन्छ ।
- पिसाब रोक्न नलगाउने
- समय–समयमा पिसाब गर्न लगाउने
- विद्यालयको समयमा पनि चर्पी जान अनुमति दिने
- तनाव र डररहित वातावरणको सिर्जना गर्ने
- सुत्नुअघि पिसाब गरेर मात्रै सुत्न लगाउने
- आफ्नो स्वास्थ्य प्रति सजग रहन सिकाउने ।
प्रस्तुतीः सृजना मगर