प्रा.डा. सविना भट्टराईको सल्लाहः यसरी गरौं जाडोमा कपालको सुरक्षा

कपाल हाम्रो सौन्दर्यका साथसाथै स्वस्थ्य जीवनको आधार पनि हो । अस्वस्थ्यकर जीवनशैलीको कारण कपालमा विभिन्न समस्याहरु देखा पर्दछ । यस्तै कहिलेकाहीँ हाम्रो वरपरको वातावरणकै कारण पनि कपालमा समस्याहरु देखा पर्छन् ।
त्यसैले कपालको सुरक्षा गर्नको निमित्त नै भएपनि हामीले सदैव सम्पूर्ण शरीरको साथसाथै बाहिरी वातावरणमा समेत विशेष ध्यान दिनु पर्दछ । जाडोयाममा कपालको सुरक्षा कसरी गर्ने भन्नुभन्दा अगाडि हामीले जाडोमा के कारणले कपालमा विभिन्न समस्याहरु समस्या देखा पर्छन भन्ने कुरा बुझ्नु आवश्यक रहन्छ ।
सामान्यतयाः जाडो मौसममा हावा सुख्खा हुने भएकोले वातावरणीय आद्रताकै कारण कपाल पनि सुख्खा बन्न पुग्छ । जसकारण हाम्रो कपाल खस्रो तथा फुस्रो देखिन पुगी हाँगा पलाउने, चायाँ देखिने तथा कपाल झर्नेजस्ता विभिन्न खाले समस्याहरु देखा पर्दछ ।
तसर्थ जाडोमा देखा पर्ने यस्ता समस्या नदेखियोस् भन्नका निमित्त हामीले जाडोमा आफ्नो कपालको स्याहार सुसारमा उचित ध्यान पु¥याउनु पर्छ । यसका निमित्त हामीले निम्न उपायहरु अपनाउनु पर्दछ :
- चिसो पानीले कपाल पखाल्ने
- माइल्ड स्याम्पुको प्रयोग गर्ने
- घाममा बस्दा कपाल ढाक्ने
- पानी तथा सुपहरु प्रशस्त मात्रामा खाने
- ठिक्कको खाना मात्रै खाने
- कपाल ड्राइ भएमा तेलको प्रयोग गर्ने
- चाँया भएको ब्यक्तिले तेल नराख्ने
- हेयर ड्रायर कम गर्ने
- कपालको प्रकृतिअनुसार कन्डिसनर तथा ट्रिटमेन्टको प्रयोग गर्ने ।
प्रस्तुतीः सृजना मगर
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ६ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
तपाईको प्रतिक्रिया दिनुहोस