२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यएकै रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ?

एकै रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ?


हामीले कुनै पनि उपचार गर्दा हालसम्म जेनेरलाइज किसिमको उपचार विधि प्रयोग गर्दै आएका छौं । कुनै पनि चिकित्सकले उपचारको निम्ति आएका भिन्न–भिन्न बिरामीहरुमा एकै किसिमका समस्या देखा परेमा उनीहरु दुवैलाई एकै किसिमको औषधिहरु प्रदान गरिने गथ्र्यो । तर, सन् २००३ मा चिकित्सा क्षेत्र अन्तर्गत ‘ह्युमन जिनोमिक्स’ अवधारणा भित्रिए पश्चात् भने हरेक व्यक्ति एक अर्कामा फरक छ र सोही किसिमले नै उनीहरुको जिन अर्थात् वशांणुगत अवस्था पनि फरक–फरक रहन्छ भन्ने जानकारी प्रदान गरेको छ ।

यस अर्थमा भन्नुपर्दा प्रत्येक व्यक्तिको शारीरिक संरचना उसको रक्तनाता अर्थात् रगतसँग सम्बन्धित व्यक्तिहरु (विशेषगरी आमाबाबु)सँग आधारित भै बनेको हुन्छ । यस अर्थमा भन्नुपर्दा उनीहरुमा देखा पर्ने विभिन्न समस्याहरु कतिपय अवस्थामा उनीहरुको वशांणुगत अवस्थाको कारण देखा पर्न सक्छन् । यसै कारण एउटै औषधि खाएका फरक—फरक व्यक्तिहरुलाई एकै किसिमले समान रुपमा प्रभाव नदेखिने हुन्छ । त्यसैले पछिल्लो क्रममा व्यक्तिमा जेनेरलाइज रुपमा नभई ब्यक्तिगत रुपमा ब्यक्तिलाई कुन औषधिले सकरात्मक प्रभाव तुल्याउँछ भन्ने कुराको निक्यौल गरेर मात्रै उपचार गर्ने उपचार विधि अगाडि बढिरहेको छ । र, यसरी उपचार गर्ने विधिलाई ‘पर्सनलाइज उपचार विधि’ भनिन्छ ।

हाल, जेनेरलाइज मेडिसिन पर्सनलाइज मेडिसिनमा रुपान्तरण हुने प्रकृया अगाडि बढिरहेको छ । उदाहरणको निमित्त भन्ने हो भने यदि कुनै एक ब्यक्तिलाई प्यारासिटामोलको आवश्यकता रहेको देखिन्छ भने यस अन्तर्गत उक्त बिरामीको ब्यक्तिगत स्वास्थ्य अवस्थाको चेक जाँच गरी सोही किसिमले ब्यक्तिलाई उक्त औषधि प्रदान गरिन्छ । यसअन्तर्गत कसैलाई एकै सिटामोल चक्कीको प्रयोगको मात्रै आवश्यकता हुन्छ भने कसैलाई एक चक्कीको औषधिको डोजले नपुगेर २ चक्कीसम्म प्रयोग गर्नुपर्ने पनि हुन्छ । तसर्थ यस्ता किसिमका परीक्षण तथा जाँच पनि ‘पर्सनलाइज’ उपचार पद्धति अन्तर्गत नै गरिन्छ ।

के हो पर्सनलाइज उपचार विधि?

सामान्यतयाः जेनेरलाइज स्वास्थ्य उपचार विधि अन्तर्गत ब्यक्तिको ब्यक्तिगत स्वास्थ्य स्थिति नहेरीकन सबै ब्यक्तिको निम्ति उपयोगी हुने औषधिहरु तथा उपचारहरु प्रदान गरिन्छ । तर, हामी मानिसहरु प्रत्येक ९९ दशमलव ९९ प्रतिशत एउटै भएतापनि ० दशमलव १ प्रतिशत भने हामी एक अर्काबाट फरक रहेका छौं । हामी आफ्नो वशांणुगत अवस्थाको कारण एक अर्काबाट कुनै न कुनै रुपमा फरक–फरक रहेका छौं ।

हामी आफ्नो वशांणुगत अवस्थाको कारण एक अर्काबाट कुनै न कुनै रुपमा फरक–फरक रहेका छौं । जस्तो हामीले देख्ने गरेका छौं, कुनै कुनै ब्यक्तिहरु जति खाएपनि मोटाएका हुँदैनन् । तर, केहि यस्ता ब्यक्तिहरु पनि हुन्छन्, जो केहि नखादा अर्थात् उचित खानाको प्रयोग गर्दा गर्दै पनि मोटाइरहेका हुन्छन् । तसर्थ यसरी हामी प्रत्येक प्राणीलाई एक अर्काबाट भिन्न राख्न मद्दत गर्ने यस्ता पक्षलाई वशांणुगत गुणको विशेषता पनि मान्न सकिन्छ ।

तसर्थ, ब्यक्तिको वशांणुगत आधारमा प्रत्येक ब्यक्तिलाई एकैनास उपचार प्रविधिले नछुने हुन्छ । यसरी एकै औषधि सबैको निम्ति उपयोगी नहुने भएपछि नै ‘पर्सनलाइज उपचार विधि’को अवधारणा आएको हो । यसअन्तर्गत भने ब्यक्तिको वशांणुगतको आधारमा उपचार गरिन्छ । यसले कुनै पनि ब्यक्तिमा देखा परेको समस्या अन्तर्गत उसको वशांणुगत अवस्थाको कत्तिको प्रभाव रहेको छ भन्ने पक्षको चेक जाँच गरी सोलाई वशांणुगत अवस्थाको प्रतिफल मान्दै उपचार प्रक्रियालाई अघि बढाइन्छ । तसर्थ, यसरी हाम्रो शरीरको वशांणुगत अवस्था हेरेर चेक जाँच गर्ने प्रविधि नै ‘पर्सनलाइज उपचार विधि’ हो ।

उदाहरणको निम्ति हामीले ‘टार्गेटेड थेरापी क्यान्सर’लाई पनि लिन सकिन्छ । जस्तोः ब्यक्तिलाई कुनै पनि क्यान्सर लाग्दा सो व्यक्तिमा रहेको फरक– फरक वशांणुगत गुणको आधारमा यो औषधि चलाउनुपर्छ भनेर निक्र्यौल गर्ने उपचार विधि नै टार्गेटेड थेरापी हो । तसर्थ धेरै औषधिहरुको उपचार गर्दै जादा साँझा रुपमा देखा पर्ने डिसअर्डरहरुको निम्ति यसरी उपचार गर्ने प्रकृया नै ‘पर्सनलाइज उपचार विधि’ हो ।

(वीर अस्पताल तथा नोभा इन्टरनेशनल डाइग्नोसिस सेन्टरमा कार्यरत डा ठाकुर बंसाणुगत राेग विशेषज्ञ हुन् ।)

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ