गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको… डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ?… डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? डा. भाइराजा श्रेष्ठ : के हो आँशु बग्नुको रहस्य ?… डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने… महिलामा हुने ‘म्युसिनस सिस्टएडिनोमा’ के हो ? कसरी गर्ने उपचार… धेरै पढिएका १ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ३ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ साइड इफेक्ट Kalpana Craft ट्रेण्डिङ यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश बालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू COPD Disease - Symptoms, causes and its treatment यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश बालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू COPD Disease - Symptoms, causes and its treatment