२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यएक नेपालीले वर्षमा साढे १२ हजारको चुरोट खान्छन्

एक नेपालीले वर्षमा साढे १२ हजारको चुरोट खान्छन्


काठमाडौ–नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले धूम्रपान तथा मद्यपान गर्ने प्रवृत्तिका कारण नसर्ने रोगको प्रकोप बढ्दै गएको देखाएको छ । अध्ययनले युवा अवस्थामा धूमपान गर्ने तथा खैनी एवम् गुट्खा सेवन गर्नेको संख्या बढ्दो अवस्थामा रहेको देखाएको छ । परिषदका अध्यक्ष डा. अन्जनीकुमार झाले नेपालमा धूम्रपान गर्ने एक मानिसले मासिक औसत १ हजार ५० रूपैयाँ चुरोटमा खर्च गर्दै आएको बताए । कसले कुन चुरोट एक दिनमा कति खिली खान्छ जस्ता प्रश्नका आधारमा गरिएको अध्ययनले एक व्यक्तिले सरदर मासिक १ हजार ५० रुपैयाँ बढी खर्च गर्ने देखिएको हो । यसलाई आधार मान्दा औसतमा एक व्यक्तिले वार्षिक चुरोटका लागि १२ हजार ६ सय खर्च गर्ने गरेको अध्ययले देखाउँछ । अध्ययनका अनुसार पहिलोपटक धूम्रपान गर्ने नेपालीले औसत १८ वर्षको उमेरबाट सुरु गर्ने गर्दछ ।

जीवनमा कहिल्यै मद्यपान नगर्नेको संख्या ७२.२ प्रतिशत

काठमाडांै । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले जीवनमा कहिल्यै मद्यपान सेवन नगर्नेको संख्या ७२.२ प्रतिशत रहेको देखाएको छ । अध्ययनले १५ देखि ६९ वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ७२.२ प्रतिशतले जीवनमा कहिल्यै मद्यपान सेवन नगरेको देखाएको हो । परिषदले नसर्ने रोगको जोखिम तत्वको सर्वेक्षण सन् २०१९ को फेब्रअरी देखि मेसम्म गरेको थियो ।
परिषदका अनुसन्धान कर्ता डा. मेघनाथ धिमालका अनुसार १५ देखि ६९ वर्ष उमेर समूहलाई केन्द्रित गरेर प्रतिवेदन तयार पारिएको हो । उनले कुल करिब तीन करोड जनसंख्यालाई आधार मानेर अध्ययन गरिएको जानकारी दिए । वयस्कहरुमा आधारित अनुसन्धानले उक्त उमेर समूहमा मद्यपान सेवन गर्नेको संख्या २७ प्रतिशत मात्रै देखाएको छ । यस्तै, मद्यपान नगर्ने पुरुषको संख्या ५६ प्रतिशत रहेको छ । त्यस्तै मद्यपान नगर्ने महिलाको संख्या ८६ प्रतिशत रहेको छ । परिषदले बानिव्यहोराका साथै सुर्तिजन्य पदार्थ, मदिरा, आहार, शारीरिक क्रियाकलापलाई लिएर विवरणहरु संकलन गरेको जनाएको छ ।
सात वटै प्रदेशबाट ५ हजार ५ सय ९३ जनालाई सहभागी गराएर गरिएको सर्वेक्षणले आफ्नो जीवनकालमा मद्यपान नगर्नेको संख्या गर्नेभन्दा धेरै देखाएको हो । स्टेप्स सर्वे हरेक ५—५ वर्षको अन्तरमा हुने गर्छ ।

कुन प्रदेशमा कति छन मद्यपान नगर्ने
प्रदेश नम्बर   ३                         ६३ प्रतिशत
प्रदेश नम्बर २                           ८ ६.२ प्रतिशत
प्रदेश १                                   ६९.६ प्रतिशत
सुदूरपश्चिम प्रदेश                      ६४.४ प्रतिशत
गण्डकी प्रदेश                          ६६.६ प्रतिशत
प्रदेश ५                                  ७४.५ प्रतिशत
कर्णाली प्रदेश                          ७२.१ प्रतिशत

ढाडको दुखाई
यसैबीच, विगत १२ महिनामा दुर्घटनाबाहेक अन्य कारणले एक महिना भन्दा बढी समयसम्म जोर्नी वा जोर्नीको वरिपरी दुखाइ हुनेमा नेपालमा पुरुषभन्दा महिला बढी रहेको पाइएको छ । अध्ययनका अनुसार ढाड दुख्ने समस्याबाट १७ प्रतिशत पुरुष पीडित छन् भने प्रतिशत महिला २० रहेका छन् । यस्तै, अध्ययनले ३० दिनमा गम्भीर टाउको दुख्ने समस्या भएका कारणले गर्दा घरायसी काम गर्न नसक्ने वा अन्य काममा जान नसक्नेको संख्या पनि ठुलो रहेको अध्ययनले देखाएको छ । सो संख्या १५ प्रतिशत रहेको छ ।

ढाड दुख्ने समस्या प्रदेश अनुसार
प्रदेश १                                     १५.९ प्रतिशत
प्रदेश २                                      १२.५ प्रतिशत
प्रदेश ३                                      १२.३ प्रतिशत
गण्डकी प्रदेश                            १६.६ प्रतिशत
प्रदेश ५                                    १८.९ प्रतिशत
कर्णाली प्रदेश                           २५.९ प्रतिशत
सुदूरपश्चिम प्रदेश                       २५.६ प्रतिशत


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ