२०८१ चैत्र २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यशरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ?

शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ?


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार संसारभर एनिमिया एक गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको छ । ६ महिनादेखि ५ वर्षका लगभग ४० प्रतिशत बच्चा, ३७ प्रतिशत गर्भवती महिला र १५ देखि ४९ वर्षका ३० प्रतिशत महिला एनिमियाबाट प्रभावित छन् ।

इन्स्टिच्युट फर हेल्थ म्याटिक्स एण्ड इभोल्युएसनकाअनुसार पूरै विश्वमा लगभग २०० करोड मानिस एनिमियाबाट प्रभावित छन् । यसको अर्थ संसारको लगभग एक चौथाई जनसंख्या एनिमियाको समस्यासँग जुधिरहेको छ । यो तथ्यांक डाइबटिजका बिरामीहरुभन्दा कयौं बढी हो ।

एनिमियाका कारण शरीरमा रहेको रगतमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण शरीरलाई पर्याप्त शक्ति प्राप्त हुँदैंन् । जसका कारण शरीरको विकास र परिवर्तन रोकिन सक्छ । कपाल झर्ने तथा गर्भावस्थाको दौरान आमा र बच्चाको स्वास्थ्यमा खराब असर पर्न सक्छ । एनिमिया गम्भीर भएमा शरीरका अंग फेल हुन सक्छन् ।

एनिमिया के हो ?

एनिमिया एक यस्तो अवस्था हो, जसमा शरीरमा रातो रगतको कमी वा हेमोग्लोबीनको कमी हुन जान्छ । रगतमा खास प्रोटिन हेमोग्लोबीन हुन्छ, जो ब्लड स्ट्रीममार्फत पूरै शरीरमा अक्सिजन पु¥याउँछ ।

अपेलो एपेक्ट्रा अस्पतालकी जनरल फिजिसियन डा. मृगांका बोहराकाअनुसार एनिमियाको अर्थ रगतमा हेमोग्लोबीनको कमी आउनु हो । ‘हेमोग्लोबीच पूरै शरीरलाई अक्सिजन सप्लाई गर्छ, यसको पर्याप्त मात्रा नहुँदा शरीरलाई ठीक ढंगले अक्सिजन सप्लाई हुँदैन्, जसका कारण थकाइ र कमजोरी महसुस हुन्छ,’ डा. बोहरा भन्छिन् ।

हेमोग्लोबीन कसरी काम गर्छ ?

डा. मृगांकाकाअनुसार हेमोग्लोबीन अक्सिजनको गाडीको रुपमा काम गर्छ, जसले शरीरका हर कोषिकासम्म अक्सिजन पु¥याउँछ र कार्बनडाइअक्साइड बाहिर निकाल्छ ।

एनिमियाका लक्षण

एनिमियामा शरीरमा रगत, राता रक्तकोषिका वा हेमोग्लोबीनको कमी हुन्छ । यसका कारण कयौं लक्षणहरु देखिन्छन् । शरीरलाई पर्याप्त अक्सिजन नपुग्नाले थकान र कमजोरी महसुस हुन्छ । श्वास लिन गाह्रो हुन सक्छ भने सामान्य शारीरिक गतिविधीका कारण पनि श्वास फुल्न सक्छ ।

  • लगातार थकान अथवा कमजोरी
  • धड्कन तीब्र वा अनियमित हुनु
  • पहेलो वा सेतो छाला
  • श्वास फुल्नु र चक्कर आउनु
  • कपाल झर्नु वा नङ कमजोर हुनु
  • हात खुट्टा चिसो रहनु

किन हुन्छ एनिमिया ?

एनिमियाको सबैभन्दा मुख्य कारण शरीरमा हेमोग्लोबीनको कमी हुनु हो, जसले अक्सिजनलाई शरीरमा पु¥याउने काम गर्छ । डा. मृगांकाकाअनुसार एनिमियाका निम्न कारणहरु छन् ।

१. आइरनको कमी

आइरनले हेमोग्लोबीन बनाउँछ । यदि भोजनमा लगातार आइरनको कमी भएमा एनिमिया हुन सक्छ । यसको कारण खराब टाइट, बढी चिया वा कफी पिउनु र पौष्टिक भोजन नगर्नु हुन सक्छ ।

२. रगतको कमी
यति कुनै बिरामी वा चोटपटक कारण शरीरमा बढी रगत बगेमा एनिमिया हुन सक्छ ।

३. भिटामिन बी१२ र फोलिक एसिडको कमी
यी पोषक तत्व रातो रक्त कोषिका बनाउन मद्धत गर्छन् । यिनको कमीबाट हेमोग्लोबीनको कमी हुन सक्छ । कारण हरियो तरकारी, फलफूल, दुध र अण्डाजस्ता खानेकुराहरु नखानु ।

४. कुनै बिरामी वा इन्फेक्सन
केही बिमारले शरीरमा रगत बन्न कम गर्छ, जसका कारण हेमोग्लोबिन कमी हुन सक्छ । मिर्गौला रोग, थाइराइड, क्यान्सर, थालेसेमिया, सिकलसेल एनिमियाजस्ता रोगहरुका कारण यो समस्या देखिन सक्छ ।

५. प्रेग्नेन्सीमा पोषणको कमी
प्रेग्नेन्सीको दौरान रगतको आवश्यकता बढ्छ किनभने गर्भमा बढिरहेको बच्चालाई पनि रगत आवश्यक पर्छ । गर्भावस्थाको दौरान डाइट नलिँदा वा पौष्टिक भोजनमा कमी रहँदा पनि एनिमिया हुन सक्छ ।

एनिमियाको सबैभन्दा बढी खतरा कसलाई हुन्छ ?

सामान्यतयाः पुरुषको तुलनामा महिलालाई बढी एनिमियाको खतरा हुन्छ । यसका अलावा साना बच्चा र किशोरमा पनि यो समस्या देखिन सक्छ । डा. मृगांकाकाअनुसार महिलामा र त्यसमा पनि गर्भवती महिला, किशोर त्यसमा पनि किशोरीहरु, वृद्धवृद्धा मानिस त्यसमा पनि निष्क्रिय वृद्धवृद्धा, बढी चिया र कफी पिउने मानिस, शाकाहारी मानिस र क्रोनिक बिरामी भएका मानिसहरुलाई एनिमियाको खतरा बढी रहन्छ ।

के हो एनिमियाको उपचार ?

डा. मृगांका बोहरकाअनुसार एनिमियाको उपचार यसको कारणमा निर्भर हुन्छ । रगत परीक्षणबाट यो पत्ता लगाइन्छ कि एनिमियाको कारण के हो । यसका आधारमा उपचार गरिन्छ । धेरैजसो अवस्थामा आइरन, भिटामिन बी१२ र फोलिक एसिडको कमी यसको मुख्य कारण हुन्छ । यस्तो अवस्थामा सप्लीमेन्ट दिइन्छ वा पौष्टिक आहार लिने सल्लाह दिन सकिन्छ ।

यद्यपी, केही अवस्थामा कुनै पनि अटोइम्युन रोग वा क्रोनिक डिजिज एनिमियाको कारण हुन सक्छ । यस्तो अवस्थामा बिरामीलाई रगत चढाएर बिरामीको उपचार गरिन्छ ।

कसरी बच्न सकिन्छ एनिमियाबाट ?

डा. मृगांकाअनुसार एनिमियाबाट बच्न लागि सबैभन्दा अत्यावश्यक सन्तुलिन भोजन हो । जसमा आइरन, भिटामिनले भरिपूर्ण चिज सामेल गर्नुपर्छ । यदि सम्भव छ भने नियमित सिबीसी ब्लड टेष्ट गराउनुपर्छ, यसबाट हेमोग्लोबीन पत्ता लगाउन सकिन्छ । यसका अलावा स्वस्थ जीवनशैली पनि निकै जरुरी पर्छ । यदि लगातार कमजोरीको लक्षण देखिइरहेका छन् र श्वास लिन गाह्रो भइरहेको छ भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।

आइरनले भरिपूर्ण भोज गर्नुहोस्ः  पालक, मेथी, ब्रोकाउली, चुकन्दर, अनार, स्याउँ, गुड र ड्राइफुड्स ।

भिटामिन बी१२ र फोलिक एसिडबाट भरपूर डाइट लिनुहोस्ः  दुध, अण्डा, माछा, दाल, हरिया सागपात, केरा र अकुंरित अन्न ।

भिटामिन सी पनि समावेस गर्नुहोस् : 
सुन्तला, कागती, अमिला, टमाटर र अमला ।

-दैनिक भाष्करबाट भावानुवादित


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ