२०८१ चैत्र ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?

मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?


आज विश्व मुख स्वास्थ्य दिवस । विगतका वर्षहरुमा झैं यस वर्ष पनि सबैका मुख स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व मुख स्वास्थ्य दिवशको अवसरमा Happy Mouth is a Happy Mind अर्थात एउटा स्वस्थ मुख नै स्वस्थ मस्तिष्क हो, खुसी मुख, खुसी मन भन्ने नारा सहित मुख स्वास्थ्यको महत्वलाई जनमानससम्म पुर्‍याउने उद्देश्य लिएको छ ।

यो अभियानले मुख स्वास्थ्य र मानसिक स्वास्थ्य बिचको सम्बन्धलाई समेट्न उजागर गर्दछ । जसले दाँत र गिँजाको हेरचाहले आत्मसम्मान, आत्मविश्वास र समग्र जिवनस्तरमा सकारात्मक प्रभाव पार्दछ ।

नेपालको सन्दर्भमा ७७ वटै जिल्लामा दन्त चिकित्सक सहित दन्त सहायकहरुको दरबन्दी रहेको छ । तर पनि दाँत, मुखसम्बन्धि सामान्य समस्याहरु जस्तै दाँत निकाल्ने, बालबालिकाहरुको दाँत भर्नकै निम्ति पनि दुरदराजका जिल्लाहरुबाट राजधानी केन्द्रित वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, निजामति कर्मचारी अस्पताल लगायतका अस्पतालहरुमा धाउने गरेको देखिन्छ ।

तर, आममानिसले के बुझ्न जरुरी छ भने जिल्लामा रहेका दक्ष जनशक्ति र राजधानीमा कार्यरत जनशक्तिको योग्यता तथा अनुभव उस्तै हुन्छ, राज्यको निति, नियम तथा दुर्गम केन्द्रित सेवा विस्तारमा बढावा दिइएको हुनाले दन्त स्वास्थ्य कर्मीहरुको फेरबदल मात्रै भएको हो । जनशक्ति र प्रविधि पहुँच बाहिरका काम स्वास्थ्य कर्मी स्वयमले नै अन्य रेफरल सेन्टरमा पठाउने गर्दछौं ।

नेपालमा मुख्य स्वास्थ्यप्रति चेतनाको स्तर विस्तारै बढ्दै गए पनि यो सेवा प्रणालीको प्राथमिकतामा पर्याप्त रुपमा समेटिएको पाइदैन । नेपालीहरु अझै पनि दन्त स्वास्थ्यलाई गम्भिर रुपमा लिदैनन् । जसको कारण दन्त रोग, गिँजा सम्बन्धि रोग र मुख संक्रमणबाट पीडित हुन्छन् । दाँतको असहय दुखाई पश्चाप मात्र अस्पताल पुग्ने गरेका बिरामीहरु उपचार तर्फ लाग्दा एकै दिनमा नसकिने वा दुरदराजबाट आइपुगेका बिरामीहरु घर फर्कने हतारमा हरने उपचार पुरा हुन नपाउने र समस्या बल्झिने हुनाले सकभर आफ्नो समुदाय भित्रै रहेका अस्पतालहरुमा उपचार गराउन सकियो भने समस्या समाधान उपचारमा सहज तथा सन्तुष्टि हुने, सधै ग्रामिण भेगमा समेत दन्त सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ ।

त्यस्तै दाँत दुखाईको विकल्प दाँत निकाल्नु नै हो भन्ने गलत सोचका कारण हामी सजकतातर्फ भन्दा अझै ठुलो दलदलमा र आर्थिक भारमा पर्ने काम गरिरेका हुन्छौं । हामी आफ्नो लापरबाहिका कारण दाँत दुखाईसम्माको स्थितिमा पुगि दाँत झिक्ने निर्णेय गर्नु एकदम गलत मानसिकता हो । दुख्ने बितिक्कै दाँत निकालि हाल्ने र पछि नयाँ दाँत हाल्ने सोच बनाउनु पूर्व त्यसको लागि लाग्ने समय, आर्थिक भार र यसको प्रभावकारीतको बारेमा बुझेर मात्रै निर्णय लिनु जरुरी हुन्छ ।

हालको अवस्थामा जे जति सरकारी या निजी अस्पताल, क्लिनिकहरु खुलेका छन् । यि सबै उपचारमा केन्द्रित रहेको देखिन्छ । केही हदसम्मा मुख स्वास्थ्य दिवस, दन्त शिविर, विद्यालयहरुमा सचेतना कार्यव्रmमहरु तथा निजीस्तरबाट सचेतना दिने प्रयास गरेको पाइन्छ । नेपालमा राज्यस्तरबाट सञ्चालन कार्यव्रmमहरु न्युन छन् भने स्वास्थ्य बीमाले पनि दन्त स्वास्थ्यका सेवाहरुलाई सम्बोधन गर्न सकेको छैन । त्यस्तै दाँतको उपचार खर्चिलो र समय लाग्ने प्रक्रियाका कारण आम मानिसहरु दाँत, मुखमा समस्याहरुबाट पीडित भैरहँदा खर्चिलो र प्रक्रियागत पद्धातिका कारण नेपालमा आएर उपचार गराउने सोच हुन्छ तर सिमित समयका कारण फर्कनुभन्दा केही दिन अघि मात्र दन्त स्वास्थ्यमा सम्पर्कमा आउने कारण उहाँहरुको उपचार सहि र सन्तुष्टिजनक नहुने अवस्था यथावतै छ ।

खाडी मुलुकबाट आएका प्राय दाँतका समस्या भएका मध्ये अधिकांश त्यहाँका उपचार भित्र दाँत निकाल्ने र सफ गर्ने मात्र सुविधा दिने गरेको पाइन्छ । फलस्वरुप महिनौँ पसिना चुहाएर जुटाएको कमाइ त्यही निकालेको दाँत हाल्नमा नै खर्च हुने गर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ