२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिलामा हुने ‘म्युसिनस सिस्टएडिनोमा’ के हो ? कसरी गर्ने उपचार ?

महिलामा हुने ‘म्युसिनस सिस्टएडिनोमा’ के हो ? कसरी गर्ने उपचार ?


महिलाको पाठेघरमा दुई वटा डिम्बासय हुन्छ । इपीथेलियल (डिम्बासयलाई घेरेर राख्ने पत्र)मा हुने एक प्रकारको ट्युमर ‘म्युसिनस सिस्टएडिनोमा’ हो । यो डिम्बासयमा हुने नफैलने एक प्रकारको ट्युमर हो ।

तर, यो क्यान्सर भैसकेको अवस्था होइन् । ‘म्युसिनस सिस्टएडिनोमा’ भएपछि क्यान्सर हुने सम्भावना १० देखि १५ प्रतिशतसम्म हुन्छ । यो प्रायः ४० वर्ष काटिसकेका महिलामा बढी हुने गरेको पाइन्छ ।

यो अवस्थामा पाठेघरमा मासु पलाउँछ, जसको आकार असामान्य रुपमा ठूलो हुन्छ । नेपालको परोपकार प्रसुति गृहमा ‘म्युसिनस सिस्टएडिनोमा’ भएको महिलाको पाठेघरबाट २० केजीसम्मको मासु निकालिएको छ । विश्वमा ४० केजी तौलसम्मको यो ‘म्युसिनस सिस्टएडिनोमा’ निकालिएको पाइन्छ ।

लक्षण

‘म्युसिनस सिस्टएडिनोमा’को छुट्टै खाले लक्षण भन्ने हुँदैन् । खाना नरुच्ने, दुब्लाउँदै जाने, पेटमा मासु पलाउने, महिनावारी विग्रने, ग्यास्टिक भएजस्तो हुनेलगायतका लक्षण देखिन्छ ।

तर, यी लक्षण देखिंदैमा ‘म्युसिनस सिस्टएडिनोमा’ नै भएको हो भन्ने पनि हुँदैन् । के भएको हो भन्ने यकिन गर्नका लागि अपरेसन गरेर डिम्बासय जाँच नै गर्नुपर्ने हुन्छ ।

उपचार

यो ट्युमर एउटा अन्डाबाट अर्को अन्डासम्म, पाठेघरसम्म वा अन्य अंगमा फैलिसकेको छ भने रोगीको ज्यानै जान पनि सक्छ ।

ट्युमर बढेर क्यान्सर भएको छ भने त्यहीअनुसार क्यान्सरको उपचार गरिन्छ होइन भने मासु मात्र निकालिन्छ । अप्रेसनपछि मात्र क्यान्सर भएको छ या छैन भन्ने ग्यारेन्टी हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ