भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ? यसबाट कसरी बच्ने ?

एसएलई बाथ अटोइम्युन रोग हो । जब रोगसँग लड्ने हाम्रो शरीरको इम्युनले हाम्रै शरीरलाई आक्रमण गर्न थाल्छ । जस्तैः रगत, ब्रेन, मुटु, मिर्गौलालगायतका अंगहरुलाई आक्रमण गर्छ । एसएलई भनिने यो बाथ रोगलाई छोटकरीमा लुपस भनिन्छ ।
यसले शरीरका जुनसुकै भागलाई पनि हानी गर्न सक्छ । त्यसैले लापरवाही गर्नु हुँदैन् । यसमा खाना बारेर बस्छु, एक्ससाइज गर्छु भन्नेजस्ता गल्ती नगरौं । खानामा नियन्त्रण गर्ने, एक्ससाइज गर्ने त छदैंछ । तर, एसएलई बाथमा हामीले समयमै उपचार सुरु गर्यौं भने अंगहरु बिग्रनबाट जोगिन्छन् ।
समयमै उपचार सुरु गर्दा मिर्गौला फेल हुनबाट, कलेजो अथवा कुनै पनि अंगहरुमा ड्यामेज गर्नुबाट रोक्न सकिन्छ ।
एसएलई बाथका लक्षणहरु
—साधारणतयाः जोर्नीहरु दुख्ने
—बिहान उठ्दा कक्रक पर्ने
—जोर्नीहरु चलाउन गाह्रो हुने
—विहान उठ्दा थाकेको महसुस हुने
—कतिपयमा पिटेको जस्तो दुखाइ हुने
—बारम्बार ज्वरो आइरहने
—इन्फेक्सनहरु केही नदेखिने
—कपाल बढी झर्ने
—बारम्बार मुखमा घाउँहरु आइरहने
—घाममा जाँदा गालामा पुतली आकारका दागहरु आउने
—मुखहरु सुख्खा हुने
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’
- ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
- ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
- ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
तपाईको प्रतिक्रिया दिनुहोस