२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ?

कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ?


बच्चादेखि वृद्धसम्ममा सुनाइ, बोली र निल्ने सम्बन्धी समस्या भएको अवस्थामा उपचार गरिन्छ । बोलीको कुरा गर्दा कहिलेकाहीँ बच्चाले कम बोल्ने, ढिलो बोल्ने, दोहोरो संञ्चार नगरेको अवस्था, श्वरमा समस्या आउने, बकबक गर्ने र निल्ने समस्यामा के के भएको छ र त्यसको निदान पनि आवश्यक हुन्छ ।

बच्चामा सुनाइ सम्बन्धी समस्या, सुन्ने क्षमता के कस्तो समस्या छ भनेर विशेषज्ञ चिकित्सकको सिफारिसमा उपचार तथा निदान गर्ने गर्दछौं । जस्तै, बच्चाले सानै उमेरदेखि सुनेन भने बच्चामा भाषाको समस्या आउँछ । हातको इशाराले मात्रै बुझ्ने हुन्छ ।

अहिले बच्चा ढिलो बोल्नु, बकबकाउनु, स्पष्ट आवाज नआएको भनेर धेरै जना आउने गर्दछन् । तोतेबोली बोल्ने, बकबकाउने हुन्छ । बोली तथा भाषामा मात्रै समस्या हुँदैन् । ब्यबहारमा समस्या, सुनाइ तथा संचारमा समस्या हुन सक्छ ।

जसकारण बोलीमा समस्या भइरहेको हुन्छ । सबै समस्यामा हामीले मात्रै हेरेर हुँदैन् । जसमा ब्यवहारिक थेरापी र मनोचिकित्सकले हेर्ने गर्दछन् ।

धेरै बोल्ने, उच्च श्वरमा बोल्ने शिक्षक, व्यापारी गायकहरुमा घाँटीसँगै रुद्र घण्टीमा समस्या आउँछ । घाँटीको समस्याको किसिम हेरेर उपचार (Voice Therapy)  गरिन्छ ।

यस्तो थेरापीमा कुनै पनि औषधिको प्रयोग हुँदैन् । ब्यवहारिक थेरापी नै हो । समान्यतयाः केही मेसिनरी उपकरण पनि प्रयोग गरिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ