डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ?

नेपालगन्ज—बिहीबार नोभेम्बर २० अर्थात विश्व बाल दिवस । बाल दिवसका अवसरमा विश्वभर बालबालिकाको अधिकार, स्वास्थ्य र शिक्षाका बारेमा सचेतना जगाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यो वर्ष संयुक्त राष्ट्रसंघले For every child, every right (हरेक बालबालिकाका लागि हरेक अधिकार) भन्ने नारा तय गरेको छ ।
बालबालिकाहरू संसारका भविष्य हुन् । आजका स—साना बालबालिकाहरुको सकारात्मक विकास र वृद्धिले देश निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ । विश्व बाल दिवसले बालबालिकाको अधिकारको वकालत गर्न, प्रवद्र्धन गर्न र उज्जल भविष्य निर्माण गर्ने अभियानलाई सार्थक बनाउन प्रेरित गर्दछ ।
सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालका बालबालिकाहरुको स्वास्थ्यमा सुधार हुँदै गएको देखिएको छ ।
सन्तुलित खानाको प्रबन्ध नहुँदा एकातर्फ बालबालिकामा कुपोषणको समस्या छ भने अर्काेतर्फ बजारमा पाइने अस्वस्थकर खानेकुराको बढी प्रयोगले पनि बालबच्चामा मोटोपनसहितका समस्या देखिन थालेको छ ।
बालबालिकामा पछिल्लो समयमा घाटी दुख्ने, आलस्य हुने, पढ्न मन नलाग्नेलगायत समस्या व्यापक रुपमा बढ्दैं गएको छ । विद्यालयले पनि सामान्य र स्वस्थकर खानेकुरामा जोड दिन आवश्यक भइसकेको छ ।
बालबालिकाहरुलाई खुल्ला वातावरणमा घुलमिल गराउने, अभिभावकले समय बढी दिने, उनीहरुका कुरा सुन्ने, पढाइसगै साथीभाइसँग खेल्न र रमाउने वातावरण सिर्जना गर्नेतर्फ अभिभावकहरुले ध्यान दिनुपर्ने सुझाव विज्ञहरुको छ ।
संयुक्त राष्ट्रसंघले ‘हामीले केटाकेटीलाई सुनौं, बालबालिकाको कुरा सुनौं र बुझौ’ भन्ने नारा नै तय गरेको थियो । यसै सन्दर्भका बालबालिकाको स्वास्थ्यका बारेमा नेपालगन्जको सिटी केयर अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा. विष्णु थापासँग सहकर्मी कृष्ण अधिकारीले गरेको कुराकानीको मुख्य अंशः
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ६ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्
- ७ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
तपाईको प्रतिक्रिया दिनुहोस