२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट : डा. सन्तोष पोखरेलको सल्लाह

किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट : डा. सन्तोष पोखरेलको सल्लाह


‘निमोनया’ भन्नाले व्यक्तिको श्वासप्रश्वासको तल्लो भाग फोक्सोमा भएको किटाणुको संक्रमण भन्ने बुझिन्छ । निमोनिया पनि ब्याक्टेरियल र भाइरल गरी २ किसिमका रहेका छन् । भाइरल निमोनिया भने प्रायजसो बढी र साझा रुपमा देखा पर्ने निमोनियामध्ये एक हो ।

जिवाणुहरुको संक्रमणको तथा विशेष गरेर वयस्कहरुमा देखापर्ने निमोनियालाई ब्याक्टेरियल निमोनिया भनिन्छ भने भाइरल निमोनिया प्रायजसो धुलो, धुवाँ तथा प्रदुषित वातावरणका कारण लाग्ने गर्छ । यस निमोनियाले प्रत्यक्ष रुपमा बिरामीको फोक्सोमा असर पु¥याउँछ । यसका साथै किटाणुहरु चिसोमा बढी सक्रिय रहने भएकाले चिसोलाई पनि यसको संक्रमणको अर्काे कारक तत्व मान्न सकिन्छ । विशेष गरेर ६० वर्ष कटेका वृद्ध उमेर समूह र २ महिनादेखि २ वर्षसम्मका बालवालिकाहरुमा यो निमोनियाको जोखिम उच्च रहन्छ ।

निमोनियाको संक्रमणले बिरामीको शरीरको तल्लो तथा माथिल्लो भागमा असर पु¥याउने भएकोले यसले उनीहरुको निकट भविष्यमा समेत असर पु¥याउने सम्भावना प्रबल रहन्छ । तसर्थ कुनै पनि व्यक्तिले आफू तथा आफ्ना बालवालिकालाई निमोनियाको संक्रमण हुन नदिन विशेष रुपमा ध्यान दिनु पर्दछ ।

निमोनियाका लक्षण

  •  श्वास फेर्दा वा खोक्दा छाती दुख्नु
  • वृद्ध व्यक्तिहरुमा मानसिक स्थितीमा परिवर्तन देखा पर्नु
  • रुघा तथा खोकी लाग्नु
  • पसिना तथा ज्वरो आई शरीर काप्नु
  • थकान महसुस हुनु
  • घ्यारघ्यार हुनु
  • झाडाबान्ता हुनु
  • शरीरको तापक्रममा कमी आउन ु(विशेष गरेर वृद्धहरुमा) ।

रोकथाम तथा उपचार

निमोनिया हुन नदिन सर्वप्रथम हामीले स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । आफ्नो वरपरका वातावरण पनि स्वच्छ राख्नु पर्दछ । धुलो, धुवाँ तथा चिसोबाट बची धुम्रपानबाट पनि टाढै रहनु पर्दछ । यसका साथै बालवालिकाको हकमा भने हामीले उनीहरुलाई चिसो तथा धुलोहरुमा बढी खेल्न दिनु हुँदैन ।

उनीहरुको सरसफाइमा विशेष ध्यान राखी उनीहरुलाई गुन्द्री, सुकुल तथा गलैंचाहरुबाट आउने धुलो धुवाँबाट समेत टाढै राख्नुपर्दछ । र, यससँगसँगै कुनै पनि व्यक्ति वा बालवालिकामा ज्वरो तथा रुघाखोकी देखा परेमा हेलचेक्रयाँइ नगरी तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ