२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ?

भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ?


नेपालगन्ज—आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । यस वर्ष मधुमेह र स्वस्थ जीवन भन्ने नाराका साथ मनाइदैंछ । बदलिँदो जीवनशैलीका कारण नेपालमा पनि मधुमेह रोगको समस्या दिनानुदिन बढ्दै गएको छ ।

नेपालमा मधुमेह रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांङ्क नभएपनि कुल जनसंख्याको ८ देखि १० प्रतिशत मानिसमा मधुमेह रोगको समस्या भएको अनुमान चिकित्सकहरुको छ ।

स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सूर्तीजन्य पदार्थको सेवन नगर्ने हो भने मधुमेहबाट बच्न सक्ने सम्भावना धेरै हुन्छ । मधुमेह रोग पनि मुख्य तथा दुई किसिमको हुन्छ टाइप वान र टाइप टु । मधुमेहका कुल बिरामीमध्ये करिब ५ देखि ६ प्रतिशत बिरामी वंशाणुगत रुपमा सर्ने टाइप वान र करिब ९० देखि ९५ प्रतिशत टाइप टु का छन ।

स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सूर्तीजन्य पदार्थको सेवन नगर्दा टाइप टु मधुमेहबाट बच्न सकिने भेरी अस्पताल नेपालगन्जका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा. राजन पाण्डे बताउँछन् । स्वस्थ आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र उपचार गरेर मधुमेह रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मधुमेह संघकाअनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका करिब १० प्रतिशत वयस्क जनसंंख्यामा मधुमेह भएको अनुमान छ । तर, मधुमेहका बिरामीमध्ये करिब ५० प्रतिशत बिरामीले मात्रै मधुमेह रोगका बारेमा जानकार रहेका छन् ।

हृदयघात, प्यारालाइसिस, स्ट्रोक, मिर्गौला फेल, खुट्टामा भएका घाउहरु सन्चो नभएर खुट्टा नै काट्नु पर्ने अवस्था सिर्जना हुनुको मुख्य कारण मधुमेह रोगलाई मानिन्छ । विश्व मधुमेह दिवसका अवसरमा सहकर्मी कृष्ण अधिकारीले नेपालगन्जको भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. पाण्डेसँग गरेको कुराकानीको मुख्य अंशः




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ