२०८१ असोज २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ?

कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ?


मनोचिकित्सकले हेर्ने मनोरोगहरु विभिन्न प्रकारका हुन्छन् । आज हामिले कुन कुन समस्या तथा लक्षण भएमा मनोचिकित्सक सँग परामर्श गर्ने बिषयमा चर्चा गर्ने छौँ । कुनै पनि व्यक्तिलाई निन्द्रामा समस्या आईरहेको छ भने,राति निन्द्रा नलाग्ने, निन्द्रा परिहालेमा ब्यँुझिएर गाह्रो हुने अथवा अत्याधिक मात्रामा निद्रा लाग्ने हुन्छ । निन्द्रा बढी वा कम लाग्ने भएमा चिकित्सककोमा जानु पर्दछ ।

सानो बच्चा वा वृद्ध भोक लाग्ने अथवा भोक नै नलाग्ने हुन्छ । कहिलेकहीँ निद्रा तथा भोकको समस्या अन्य शारीरीक कारणले समेत हुन सक्छ । तर मनो चिकित्सकसँग परामर्श गर्दा ढुक्क भईन्छ ।
मनोरोगसँग सम्बन्धित समस्या भएन भने अन्य चिकित्सक कहाँ पठाउने गरिन्छ । शरीरमा जाँगर नहुँदा अन्य परीक्षण गर्दा कुनै समस्या देखिएको छैन भने सो सम्बन्धि मनोचिकित्सकसँग परामर्श गर्नुपर्दछ ।
गर्नुपर्ने काम सँगै अन्य कुरा समेत बिर्सिने समस्या भएमा ,जस्तै अन्य शारीरिक समस्या मुटु ढुकढुक हुने, छाति दुख्ने, छाति पोल्ने , पेट दुख्ने , पेट पोल्ने अथवा टाउको दुख्ने, धेरै गर्मी वा चिसो हुने, चक्कर आए जस्तो हुने, हातखुट्टा झमझम हुने पोल्ने तथा सिल्का हान्ने शारीरीक रोग खोज्दा केहि नहुने अबस्था भएमा मनोचिकित्सक सँग परामर्श गर्ने ।

कुनै व्यक्तिलाई यस्ता लक्षण देखिएमा प्रयोगशाला परीक्षणमा सबै कुरा सामान्य छ भने रोग पत्ता लाग्दैन भन्ने भ्रम पालिरहेको अवस्थामा पनि मनोचिकित्सकमा जानु पर्दछ ।

शारीरीक रोगका चिकित्सक र मनोचिकित्सकको गहिरो सम्बन्ध छ । मुटु ढुकढुक हुने समस्या कहिलेकहीँ हृदयघात, मुटुको चाल सम्बन्धी समस्या हुन्छ भने कतिपय अवस्थामा चिन्ताजन्य रोग उदासिपन हुन सक्छ ।

मन दुःखी भईरहेमा, निराशापन भईरहेमा , दिक्क लाग्ने भएमा , रिस बढी उठ्ने , सानो कुरामा बढी झर्किने , मान्छेहरु सँग भईरहँदा पनि मन खुसी नहुने , ईच्छा लाग्दै आएका कुराहरु गर्न मन नलाग्ने, जिवन बेकार भएको महसुस हुने र कतिपय अबस्थामा आत्महत्या गर्ने जस्ता कुराहरु आएमा मनोचिकित्सकसँग परामर्श गर्ने ।

शरीरका बिभिन्न भागहरु दुख्ने सम्बन्धीत चिकित्सकलाई भेट्दा पनि ठिक नहुने अथवा पश्चिमेलि संस्कृति अनुसार काप्ने , देवि चढ्यो भन्ने भुत लाग्यो भन्ने बोक्सी अथवा पितृ दोष भन्ने आफ्नो साँस्कृतिक मुल्य मान्यता अनुसार पारीवारीक ईच्छा र बिशेषतः व्यक्तिको इच्छाअनुसार धामीझाँक्रीको नलाग्नु हामी भन्दैनौं तर ती रोगहरु प्नि मनोरोग अन्र्तगत पर्दछन् ।

दिमाग शक्तिशाली चिज पनि हो यसले कुनै न कुनै रुपमा यसले आफ्नो बाटो खोज्ने गर्दछ । मिगी रोगमा पनि कहिलेकहीँ यस्तो हुन सक्छ जुन डिप्रेसनसँगै आउँछ, कहिले छुट्टै हुन सक्छ । कतिपय मिर्गीहरु टाउकोको चोट वा संक्रमणले हुन सक्छ । यस्तो समयमा सम्बन्धित बिशेषज्ञलाई नै भेट्नु पर्दछ ।

लागुऔषध, अल्कोहल र निकोटीनजन्य पदार्थ छोड्दा पनि कतिपय अवस्थामा मिर्गी उत्पन्न हुनसक्छ । त्यो बेला मनोचिकित्सलाई भेट्न एकदम आवश्यक हुन्छ ।

कुनै ब्यक्तिलाई सानो बिषयमा पनि हरदा चिन्ता भईरहने यात्रा गर्दा, कुनै कार्यक्रममा सहभागी हुँदा वा बन्द कोठामा बस्दा, भिडमा डर लाग्ने जस्ता चिन्ताजन्य परिस्थिती र लागुऔषध सेवनमा लगातार इच्छा, धैरे धुम्रपान गर्ने , अल्कोहाल जस्ता कुरामा नेपाली समाजमा खराब आचरणको ब्यक्ति संगतले गर्दा लत बसेको भन्ने भ्रम छ । यस्तो अबस्थामा मनोचिकित्सलाई भेट्न एकदम आवश्यक हुन्छ ।
त्यसैगरी , यौन ईच्छामा कमि अथवा अत्यधिक यौन ईच्छा अथवा चाडवाडको समयमा हुने जुवातासमा पनि मान्छेको २४ घण्टा नै ध्यान छ भने परिवारको पैसा हार्दा समेत मतलब छैन भने जसले गर्दा परिवार र समाजमा असर गरीरहेको छ यसलाई पनि मनोरोगको रुपमा बुझ्नु पर्दछ ।

बारम्बार एउटै सोचाई आइरहने बारम्बार ताला चेक गरीरहने, बारम्बार हात धौईरहने, गन्ध पो छ की भनेर सोचिरहने, कुनै मुर्ति अथवा चिज देखेर नकारात्मक बिचारहरु आईरहने , आफु नियन्त्रण गर्न सक्दिन की भन्ने बिचारहरु आइरहने वा सोचाईलाई रोक्न खोजे पनि असमर्थ हुने त्यो चिज नगरेमा घबराहट हुने जसलाई हामि ओसिडी भन्छौं ।

जस्तै ः बच्चाहरुमा ओछ्यानमा दिसा पिसाब गर्ने , एक ठाउँमा टिक्न नसक्ने ,बच्चा धेरै आक्रोशित हुनु , आमा बुवाले भनेको नमान्नु , आफ्नो शैक्षिक सामाग्रीहरु हराईदिने , आँखामा आँखा नमिलाउने , बोलीमा ढिलो हुने यस्तो अबस्थामा पनि मनोचिकित्सकलाई भेट्नु पर्दछ ।

महिलाहरुको गर्भाबस्थामा मुड परिवर्तन हुँदा , महिनावारीको समयमा धेरै आक्रोशित हुने र सुत्केरीको समयमा पनि माथिका लक्षणहरु देखिएमा मनोचिकित्सकलाई भेट्नु पर्दछ ।

कुनै बिषयमा शंका उपशंका नहुने भ्रामिक कुराहरु मनमा आइरहने बिर्सने दैनिक कुराहरु बिर्सिरहने भइरहेमा अधिकांश ब्यक्तिहरुमा लामो समयपछि मात्रै चिकित्सकको सम्पर्कमा पुग्ने मानसिक स्वास्थ्यको बिषयमा थाहा नै नभएको भन्ने गर्दछन् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ