भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन के गर्ने ?

सबैभन्दा पहिले हामीले मुटु रोग लाग्न नदिने प्रयास गर्नुपर्छ । त्यसका लागि अत्याधिक नुनको प्रयोग गर्नुहुँदैन् । नुनको प्रयोगलाई सिमित राख्नुपर्छ । चिनीको प्रयोग कम गर्नुपर्छ ।
त्यसैगरी खानपिनमा अत्याधिक बोसो, ट्रान्स फ्याटयुक्त खानेकुराहरु खानु हुँदैन् । प्रशस्त पानी खानुपर्छ भने हरियो सागसब्जी र फलफूलको बढी खानुपर्छ ।
साथसाथै, दैनिक छिटो—छिटो कम्तिमा ३० मिनेट हिड्नुपर्छ । योग गर्नुपर्छ । आफूमा अत्याधिक मोटोपन छ भने तौललाई कम गर्नुपर्छ । अत्याधिक मानसिक तनाव लिनुहुँदैन् ।
प्रेसर र सुगर छ भने नियमित रुपमा डाक्टरको सल्लाहअनुसार औषधि प्रयोग गरेर त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । यति गरेमा केही मात्रामा हामी मुटु रोगबाट बच्न सक्छौं ।
कहिलेकाही बालबालिकाहरुमा टन्सिलको समस्या देखिएमा त्यसले मुटुलाई असर गर्न सक्छ । त्यसकारण बालबालिकालाई टन्सिल भयो, रुघाखोकी लाग्यो, घाँटी दुख्ने समस्या समस्या छ भने उनीहरुको समयमै उपचार गरेमा भोलि हुने मुटु बाथ रोगलाई समेत नियन्त्रण गर्न सकिन्छ ।
मुटु रोगका लक्षणहरु
बाँकी भिडियोबाट
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ३ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
- ७ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव
तपाईको प्रतिक्रिया दिनुहोस