२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यविज्ञहरू भन्छन्, ‘वंशाणुगत उच्च कोलेस्ट्रोलको समस्या पहिचान गर्न चुनौती’

विज्ञहरू भन्छन्, ‘वंशाणुगत उच्च कोलेस्ट्रोलको समस्या पहिचान गर्न चुनौती’

हाइपर कोलेस्ट्रोलेमिया (एफएच) जीवनशैली परिवर्तन गरेर निको हुन मुस्किल, औषधिबाट मात्रै उपचार सम्भव


क्याथरिन विलेमन (३९)लाई बगैचामा काम गरिरहेका बेला छाती दुख्यो । उनी तत्काल अस्पताल पुगिन् । उनले हर्टअट्याकको आशंका व्यक्त गरिन् ।

यद्यपी परिचारकले यति कम उमेरमै क्याथरिनलाई वृद्ध अवस्थामा हुने समस्या हुन सक्छ भनेर विश्वास गरेनन् । चिकित्सकहरुलाई जाँचबाट थाहा भयो कि उनलाई फ्यामिली हाइपरकोलेस्ट्रोलेमिया (एफएच) छ । यो एक जेनेटिक समस्या हो ।

यसका कारण क्याथरिनको धमनी ७० वर्षका वृद्ध मासिनको जस्तो भएको थियो, ब्लकेज पनि थियो । एफएचको पहिचान गर्न मुस्किल छ, यसबारेमा जनचेतनाको पनि कमी छ ।

यही कारण क्याथरिनले फ्यामिली हार्ट फाउण्डेसनमार्फत मिसन सुरु गरिन् । अब उनी एफएचबाट पीडित मानिसहरुलाई सहयोग गरिरहेकी छन् ।

विज्ञहरु एफएसको जोखिम र सावधानीबारे उल्लेख गर्दै परिवारमा कसैलाई ५५ वर्षभन्दा पहिले हर्टअट्याक वा ६५ भन्दा पहिले वाइपास सर्जरी गरिएको छ अलर्ट रहन आवश्यक छ ।

जोन हप्किन्स युनिभर्सिटीका एडभान्स लिपिड डिसअर्डर कार्यक्रममा निर्देशक डा. सेट मार्टिन यो एलडिएल (खराब कोलेस्ट्रोल) सफा गर्नेसँग जोडिएको समस्या हो । यदि आमा बुवामध्ये कुनै एकलाई एफएच भएमा उनीहरुलाई बच्चालाई यो हुने सम्भावना ५० प्रतिशत रहन्छ । यदि आमा बुवा दुवै जनालाई एफएचको समस्या भएमा यसबाट बच्चालाई जोखिब अझ बढी हुन्छ, उनीहरुलाई २० को दशकमा हर्टअट्याक झेल्नु पर्ने हुन सक्छ ।

जाँच कहिले सुरु गर्ने ? टुलेन युनिभर्सिटीका कार्डियोलोजिष्ट डा. कीथ फर्डिनेण्ड भन्छन्, ‘कोलेस्ट्रोलको परीक्षण वर्षमा एक पटक गर्न जरुरी हुन्छ । यदि बच्चालाई एफएच हुन सक्ने शंका छ भने डाक्टर २ देखि ६ वर्षको उमेरमा पनि परीक्षण गराउन सक्छन् ।’ डा. मार्टिन थप्छन्, ‘स्टैटिन थेरापी ८ वर्षको उमेरमा सुरु हुन्छ तर यसभन्दा पहिले पनि डाक्टर नियमित मनिटरिङ गर्छन ।’

यो कुरा तिनीहरुको परिवारमा पनि लागु हुन्छ, जसको फ्यामिलटी हिस्ट्रीमा मुटुसँग जोडिएका समस्याहरु थिए । परिवारमा कसैलाई ५५ वर्षको उमेरभन्दा पहिले हर्टअट्याक आएको छ, स्टेन्ट जरुरी परेको छ वा पुरुषमा ६५ वर्षभन्दा पहिले नै वाइपास सर्जरी भएको छ त यसलाई जेनेटिक कारण भएको संकेत मान्न सकिन्छ । जसलाई चाँडै परीक्षण गर्न जरुरी हुन्छ । यस्तो अवस्थामा सामान्यतयाः २१ वर्षको उमेरसम्म कोलेस्ट्रोलको परीक्षण सुरु गरिदिनुपर्छ ।

उपचार कसरी हुन्छ ? कोलेस्ट्रोलको समस्या वंशाणु भएमा राम्रो जीवनशैलीका बाबजुद पनि स्तर बढिरहेको हुन सक्छ । केस वेस्टर्न युनिभर्सिटीका कार्डियोलोजिष्ट डा. संजय राजगोपालन भन्छन्, ‘कोलेस्ट्रोल काफी हदसम्म घटाउन सम्भव छ । कयौं औषधिहरु केही दिनमै काम गर्न सुरु गर्छन् । पहिलेको तुलनामा एफएचलाई उत्तम तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

उपचारसँग आशा ? डा. मार्टिन धेरै संख्यामा एफएच बिरामीको उपचार गरिरहेका छन् । ‘मल्टी ट्रिटमेन्ट औषधिको संयोजनका साथ परिणाम राम्रो हुँदैछन् । तर, मुख्य चुनौती यसको पहिचान गर्नु हो ।उपचारबाट एलडीएल कोलेस्ट्रोलको स्तर २०—३० सम्म आउँछ । मुटुको स्वास्थ्यका लागि यो आवश्यक छ ।’

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ