२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुरा

भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुरा


गर्मीकै कारणले बच्चा नहुने समस्या हुँदैंन् । निःसन्तानको समस्याको मुख्य कारण समय र दूरी नै हो । विदेश बस्ने सबैको वीर्य खराब हुँदैन् । तर, उहाँहरुले ध्यान दिनुपर्छ किनभने अण्डकोषको तापक्रम मेन्टेन हुनुपर्छ, जसमा शुक्रकीट बन्छ ।

गर्मी ठाउँमा त्यो तापक्रम बढ्छ । वातारणकै तापक्रम बढेपछि मानिसको शरीरको तापक्रम पनि स्वभाविक रुपमा वृद्धि हुन्छ । अण्डकोषको तापक्रम शरीरको तापक्रमभन्दा न्यूनमा मेन्टेन हुनुपर्छ भनेर नै प्रकृतिले नै पुरुषको अण्डकोषलाई शरीर बाहिर बनाइदिएको हो ।

त्यो तापक्रम मेन्टेन गर्नका लागि लुज फिटिङ लुगा लगाउनुपर्छ । हाइड्रेशनमा ध्यान दिनुपर्छ । टाइट लुगा नलगाउने, हलुका कटनको लुगा लगाउने, पानी खाइरहने गर्नुपर्छ ।

विदेशमा बस्ने धेरै समयका लागि घर आउनुहुन्छ, लामो समय टाढा बस्नुहुन्छ । उहाँहरुले आफैले वीर्य स्खलन गराउँदा पनि यसले वीर्यको स्वास्थ्यलाई फाइदा गर्छ । जति पूरानो वीर्य शरीरमा रहन्छ, त्यो बिग्रदैं गइरहेको हुन्छ । परिवार नहुँदा पनि उहाँहरुले हप्ता दश दिनमा आफैले वीर्य फालेको राम्रो हुन्छ ।

त्यसबाहेक वीर्य स्वस्थ राख्नका लागि धुम्रपान र मद्यपान गर्नु हुँदैन् । डाइबटिजलगायतका केही रोगहरुले स्पमको मात्रामा नभएपनि गुणस्तरमा एकदमै असर गरिरहेका हुन्छन् । डाइबटिज र मोटोपन भएकाहरुमा वीर्यको क्रोमोजन राम्रो हुँदैन् । यस्तोमा अर्ली अब्रसन हुने चान्स हुन्छ ।

त्यसैले पुरुषले डाइट मेन्टेन गर्ने, मोटोपना हुनुहुँदैन्, शारीरिक अभ्यास गर्नुपर्छ । यसैगरी, धुम्रपान आफू हेल्दी हुनमात्रै होइन्, शुक्रकीट हेल्दी राख्नका लागि गर्नु हुँदैन् ।




क्याटेगोरी : जनस्वास्थ्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ