२०८१ असार २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यउच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय

उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय


काठमाडौं—उच्च रक्तचापलाई साइलेन्स किलर भनिन्छ । त्यसका कारण उच्च रक्तचापका लक्षणहरुबारे जानकार हुनु आवश्यक छ । बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या देखिनुलाई सामान्य मानिन्छ ।

तर, पछिल्लो केही समययता उमेर नपुग्दैं मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थालेको छ । जीवनशैली, तनावजस्ता कारण कम उमेरमै उच्च रक्तचापको समस्याले सताइरहेको छ ।

उच्च रक्तचापको समयमा रोकथाम र उपचार गरिएन भने यसले थप समस्या सिर्जना गर्न सक्छ । त्यसकारण यसका लक्षण र उपायहरुबारेमा जानकार रहनु आवश्यक छ ।

कलंकीस्थित नेपाल नेशनल हस्पिटलका चिकित्सकहरुले उच्च रक्तचापका ५ लक्षण र ५ बच्ने उपायलाई यसरी प्रस्तुत गरेका छन् ।

उच्च रक्तचापका ५ लक्षण

१. टाउको दुख्ने, रिंगटा लाग्ने
२. थकान महसुस हुने
३. एक्कासी नाकबाट रगत बग्ने
४. वाकवाकी लाग्ने
५. मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने

उच्च रक्तचापबाट बच्ने उपायहरु

१. धुम्रपान तथा मदिरा सेवन नगर्ने
२. हरिया सागसब्जी र फलफूल धेरै खाने
३. खानामा नुनको प्रयोग कम गर्ने
४. रातो र धेरै बोसोयुक्त मासु कम खाने
५. नियमित ब्यायाम तथा योग गर्ने


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ