२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोलोरेक्टल क्यान्सर के हो ? कसरी बच्ने जोखिमबाट

कोलोरेक्टल क्यान्सर के हो ? कसरी बच्ने जोखिमबाट


क्यान्सर शरीरको कुनै पनि अंगमा आउन सक्छ । शरीरको विभिन्न भागमा ट्युमर पलाउनु नै क्यान्सर हो ।

ठूलो आन्द्रा वा मलद्वारमा पलाएको ट्युमर नै कोलोरेक्टल क्यान्सर हो । हामीले खाएको खाना पाचन भइसकेपछि सानो आन्द्रामा लेदो भएर जान्छ । त्यो लेदोबाट ठूलो आन्द्राले खानामा भएको पानी र न्युट्रिसनहरु सोस्ने काम गर्छ ।

ठूलो आन्द्राले पानी र न्युट्रिसनहरु सोसी सकेपछि दिशा र पिसाब बनाउँछ । यसरी काम गर्ने ठूलो आन्द्रा, सानो आन्द्रा र मलद्वारमा पलाएको ट्युमरलाई कोलोरेक्टर क्यान्सर भनिन्छ ।

कोलोरेक्टल क्यानसरका लक्षण

  • चक्कर लाग्ने
  • थकाइ लाग्ने
  • तौल घट्ने
  • वाक–वाक लाग्ने आदि ।

कोलोरेक्टल क्यान्सरको जोखिम कारक

कोलोरेक्टल क्यान्सरको जोखिम कारकहरु दुई प्रकारका छन् । ती परिमार्जन गर्न सकिने कारक र परिमार्जन गर्न नसकिने कारक हुन् ।

परिमार्जन योग्य जोखिम कारकहरु

  • कम फाइबर र उच्च बोसो भएको आहार
  • उच्च तापक्रममा पकाइएको मासु
  • आहारमा फलफूल र तरकारी कम
  • धुम्रपान र मदिरापान
  • निष्क्रिय जीवनशैली
  • मोटोपन

परिमार्जन गर्न नसकिने जोखिम कारकहरु

  • पचास वर्ष कटेपछि कोलोन क्यान्सर हुन सक्छ ।
  • परिवार अन्य सदस्यहरु कसैलाई भएको कोलोन क्यान्सर आफूलाई पनि हुने सम्भावना धेरै हुन्छ ।
  • कोलोन पोलिप क्यान्सर भएमा पनि कोलोन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
  • पहिला अन्य क्यान्सर भएको खण्डमा पनि यो क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
  • वंशाणुगत रुपमा पनि यो क्यान्सर आउन सक्छ ।
  • आन्द्रा सम्बन्धि रोग लागेमा पनि कोलोन क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

कोलोरेक्टल क्यान्सरबाट कसरी बच्ने ?

  • सन्तुलित आहार पौष्टिकतत्व, कार्बोहाइड्रेडजस्ता खानेकुराहरुको सेवन गर्नुपर्छ । जसले हाम्रो शरीरलाई रोगबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्छ ।
  • शारीरिक व्यायामले हाम्रो शरीरलाई फूर्तिलो र उर्जावान बनाउँछ ।
  • धुम्रपान तथा मदिरापानको सेवन नगर्ने ।
  • उच्च तापक्रममा पकाइएको मासु नखाने ।
  • घरपरिवारमा कसैलाई क्यान्सर छ भने अन्य परिवारको सदस्यहरुले पनि बेला–बेलामा शरीरको चेकअप गर्ने ।
  • तौल धेरै बढ्न नदिने र तौल मेन्टेन गर्ने ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ