काठमाडौं—युरिक एसिड आफैमा वाथ होइन्, युरिक एसिड बढेर जोर्नीहरुमा जम्मा भएर त्यसले गराउने सुजन अर्थात गाउटी आर्थराइटीस हो । सामान्यतयाः मानिसहरुमा वाथ भन्ने बितिकै युरिक एसिडको समस्या भन्ने छ । तर, त्यस्तो होइन् ।
सबै वाथमा मानिसहरुले युरिक एसिडमा जे जे कुराहरु बार्नुपर्छ त्यही कुरा बार्ने गरेको हामीले धेरै भेटेका छौं । तर, त्यसरी बार्नुपर्ने अरु वाथहरुमा हुँदैन् ।
यदि तपाईंको युरिक एसिड बढेको छ । बढेको छ भन्ने बितिकै बाहिर ६.८ सामान्य हो भने ७ पुग्दाखेरि पनि ८—१० वर्षदेखि युरिक एसिडको औषधी खाइरहेको पनि हामीले भेटेका छौं तर, त्यो आवश्यक होइन् ।
युरिक एसिडको दुखाइको आफ्नै प्रकार छ । यदि त्यो दुखाइ युरिक एसिडको दुखाइसँग मिल्दैन भने युरिक एसिड १० पुग्दा पनि औषधी खानुपर्ने हुँदैन् ।
युरिक एसिडको औषधी कस्तो कन्डिसनमा खाने ?
- एरिक एसिडको टिपिकल एट्याक वर्षमा दुई पटकभन्दा बढी भएमा ।
- रिक एसिडका पत्थरी किड्नीमा परेको छ भनेमा ।
- हिलेदेखि बिरामीलाई मुटुको क्रोरनरी आर्ट सम्बन्धी रोग छ र उपचारमा संलग्न वाथ रोग विशेषज्ञलाई युरिक एसिडको एन्फ्लामेसन योगदान पनि गरेको हुन सक्छ लाग्छ भने ।
- युरिक एसिडले जोर्नी खाने आर्किटेक्चर हुन्छ त्यो एक्सरेमा देखिएमा ।
यी कारणबाहेर आत्तिएर युरिक एसिडको ६—७ हुँदैमा औषधी सुरु गर्नुपर्ने हुँदैन् ।
थप भिडियोमा हेर्नुहोस्