२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकार्बोहाइड्रेड के हो ? यसले के गर्छ शरीरमा ?

कार्बोहाइड्रेड के हो ? यसले के गर्छ शरीरमा ?


सन्तुलित खानामा पर्ने आहारहरुमध्ये कार्वोहाइड्रेड पनि एक पोषण तत्वहरु हो । कार्बोहाइड्रेड चिनीको अणुहरु हुन् । शरीरले कार्बोहाइड्रेडलाई ग्लुकोजमा परिवर्तन गर्छ । ग्लुकोज शरीरको कोषिका, तन्तुहरु र अंगहरुको उर्जाको लागि मुख्य स्रोत हो । हामीले ५० देखि ६० प्रतिशत सन्तुलित खानामा कार्वोहाइड्रेड खान्छौं ।

उर्जा प्राप्तको लागि हामी कार्बोहाइड्रेड युक्त आहारहरु खान्छौं । कार्बोहाइड्रेडको स्रोतहरु चामल, चाउचाउ, पास्ता, केरा, बेरिज, सुन्तला, आलु, दुध आदि हुन् ।

कार्बोहाइड्रेड कति खानु उपयुक्त मानिन्छ ?
कार्बोहाइडे«ड मानिसको उमेर, लिङ, स्वास्थ्य र वजन घटाउने, बढाउनेमा भर पर्छ । औसत मानिसहरुले प्रत्येक दिन ४५ प्रतिशतदेखि ६५ प्रतिशत क्यालोरी प्राप्त गर्नुपर्छ । कार्बोहाइड्रेड कम र बढी दुवैले स्वास्थ्यलाई असर गर्न सक्छ ।

धेरै कार्बोहाइड्रेड खानु कतिको राम्रो हुन्छ ?
कार्बोहाइड्रेड शरीरमा उर्जा दिनको लागि राम्रो हो । तर, धेरै कार्बोहाइड्रेडले कसै—कसैलाई साइड इफेक्टहरु हुन सक्छ । जस्तैः धेरै कार्बोहाइड्रेडले पेटसँग सम्बन्धित सस्या निम्त्याउन सक्छ ।

कच्चा कार्बोहाइड्रेडयुक्त खानामा जति कार्बोहाइड्रेड हुन्छ त्यति कार्बोहाइडे«लाई पकाउँदा वा अर्को वस्तुमा परिणत गर्दा न्युट्रिसियन भ्यालु घट्छ । जस्तैः तरकारीलाई हामीले काट्दा, पखाल्दा र पकाउँदा पनि त्यसको न्युट्रिसियन भ्यालु घटिरहेको हुन्छ ।

कार्बोहाइड्रेडका फाइदाहरु

  • ५० देखि ६० प्रतिशत उर्जा कार्बोहाइड्रेडबाट पाइन्छ ।
  • मस्तिष्कले ग्लुकोज बिना काम गर्न सक्दैन् । हाई आउने र थकित महसुस गर्दै हुनुहुन्छ भने कार्बोहाइड्रेडको कमी हुन सक्छ ।
  • कार्बोहाइड्रेडले ग्लुकोजको रुपमा काम गर्छ ।
  • डाइबेटिज भएको मान्छे हाइपोमा गएको छ भने उसको लागि कार्ब उपयुक्त हुन्छ ।
  • कार्बोहाइड्रेड थप उर्जा र राम्रो स्वास्थ्यको लागि राम्रो भूमिका खेल्दछ ।

प्रस्तुति : श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ