हृदय विफल मुटुको कारणले गर्दा मानिसलाई श्वास फेर्न गाह्रो हुनु हो । मुटु सुन्निएर मुटुको पम्पिङ कमजोर हुन्छ भने त्यसलाई हृदय विफल भनिन्छ ।
हृदय विफल दुई कारणले हुन्छ । हृदय विफलले मान्छेमा विभिन्न समस्याहरु देखा पर्छन् । जस्तैः हात खुट्टा सुनिने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन् । अर्को, हृदय विफल भनेको कुनै समस्या देखिदैन्, तर पनि हृदय विफल हुन्छ ।
यो हृदय विफलको कारण अरु समस्याहरु भएर हुन्छ । जस्तैः प्रेसर, सुगर र मोटोपनाले हुने हुन्छ । यो कारणहरुले मुटुले आराम गर्न सक्दैन् र मुटु विफल हुन्छ ।
मानिसमा जन्मजात नै मुटुको कोठाहरु बाक्लो भएको हुन्छ । मुटुका कोृठाहरु बाक्लो हुँदा पम्पिङ हुन सक्छ । तर, मुटुले आराम गर्न सक्दैन् । यसले पनि हृदय विफल हुन्छ ।
हृदय विफल हुनुका लक्षण
- पेट सुनिने
- हात खुट्टा सुनिने
- पिसाब कम हुने
- श्वास फेर्न गाह्रो हुने
हृदय विफलका कारणहरु
- जन्मजात
- बाथरोग
- हृदयघात
- एनिमिया
- उच्च रक्तचाप
- सुगर
- कोलेस्ट्रोल
- चुरोट बिँडीको सेवन
- शारीरिक अभ्यास राम्रो नहुनु
हृदय विफलबाट कसरी बच्न सकिन्छ ?
सामान्यतयाः बच्चाहरुलाई इन्फेक्सनबाट ट्रन्सिल भएर बाथ रोग भएको हुन्छ । टन्सिलको उपचार समयमै गर्नुपर्छ । यो धेरै हदसम्म बच्चामा हुने ‘रोमटिक मुटु रोग’ भएका बच्चाहरुमा हुन्छ । यसलाइ कम गर्न सकिन्छ ।
कोलेस्ट्रोल, उच्च रक्तचाप र सुगरजस्ता रोगहरुबाट बच्नुपर्छ । यो रोगहरु लाग्न नदिने कुरामा जोड दिनुपर्छ । भइहालेको खण्डमा चाँडो उपचार गर्नुपर्छ । यी रोगहरुबाट बच्न सकियो भने हामी हृदय विफलबाट पनि बच्न सक्छौं ।
यस्ता रोगहरु आफ्नो परिवारमा आमाबाबु कसैमा छ भने आफू सचेत भएर जाँच गराउनुपर्छ ।
प्रस्तुतिः श्रृजना खड्का