२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहड्डीको क्यान्सर के हो ? कसरी गर्न सकिन्छ ?

हड्डीको क्यान्सर के हो ? कसरी गर्न सकिन्छ ?


शरीरमा हड्डीको संरचना कम्प्याक्ट बोन, स्पन्जी बोन र बोन म्यारो मिलेर बनेको हुन्छ । यिनीहरुले हड्डी बनाउँदै हड्डीलाई आकार पनि दिइरहेका हुन्छन । हड्डी शरीरको भाग अनुसार निश्चित आकारको हुन्छ ।

हड्डी त्यो निश्चित आकारभन्दा बढ्दै जान्छ, ठूलो हुन्छ भने त्यसलाई हड्डीको क्यान्सर भनिन्छ । क्यान्सर शरीरको कुनै पनि भागको हड्डीमा हुन सक्छ । यो कुनै पनि उमेर समूहको मानिसलाई हुन सक्छ ।

हड्डी क्यान्सरका लक्षणहरु
—हड्ढी अथवा जोर्जीमा दुख्ने
—हड्डी अथवा जोर्जी रातो रातो हुने
—हड्डी अथवा जोर्जीमा सुनिने

शरीरको कुन भागको हड्डीमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ?

१. शरीरको धेरैजसो क्यान्सर हुने भागहरु
२. घुडाको वरीपरी
३. हातखुट्टाको नङको वरीपरी
४. मेरुदण्ड

यो बाहेक अरु ठाउँको हड्डी क्यान्सर सामान्यतयाः कमै हुन्छन् । यो बाहेक अरु ठाउँको हड्डीको क्यान्सर भएको बिरामी कम मात्रामा पाइन्छ ।

हड्डीको क्यान्सर निको हुन्छ कि हुँदैन ?
हड्डीको क्यान्सर भएको बिरामी उपचार गर्न छिटो आयो भने हामीले त्यो क्यान्सर भएको हड्डी काटेर फ्याक्ने हो । अहिलेसम्म क्यानसर किन भएको हो भन्ने थाहा नभएको हुनाले हामीले औषधि दिएर निको पार्न सक्दैनौं । त्यसकारण क्यान्सरको लक्षण देख्नासाथ क्यान्सरको चेक जाँच गरिन्छ र क्यान्सर पुष्टि भइसकेपछि क्यान्सर देखिएको भाग काटेर फ्याक्ने हो ।

हड्डी क्यान्सरको उपचार
हड्डीमा क्यान्सर देखिएपछि हामीले यसलाई तीन तरिकाले उपचार गर्न सक्छौं । जसमा क्यान्सरको भाग काटिन्छ र क्यान्सरको रोकथाम गरिन्छ । हड्डी क्यान्सरको उपचारमा जति ढिलो भयो त्यति नै गाह्रो हुन्छ ।

शल्यक्रिया
शल्यक्रियामा हामीले क्यान्सर देखिएको भाग काटेर फ्याक्छौं । जुन सामान्यभन्दा बढेको हड्डी छ, त्यसलाई काटेर फ्याक्छौं ।

केमोथेरापी
हड्डीलाई काटेर फ्याकेपछि घाउलाई रोकथाम गर्न रगतबाट औषधिहरु दिन्छौं ।

रेडियोथेरापी
रेडियोथेरापी राप विधि हो । यो विधिबाट उपचार गर्दा घाउ भएको ठाउँमा क्यान्सरको बिउहरु बसेको हुन सक्छ । त्यही बिउहरु नबढोस् भन्नका लागि हामीले रेडियोथेरापी गर्ने हो ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ