२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमधुमेहका बिरामीले किन अनुहारझैं आफ्नो खुट्टा हेरचाह गर्नुपर्छ ?

मधुमेहका बिरामीले किन अनुहारझैं आफ्नो खुट्टा हेरचाह गर्नुपर्छ ?


मधुमेह रोग धेरै व्यक्तिलाई थाहा छ र लाखौं व्यक्ति संसारभर उपचार गराउने गर्छन् । मधुमेह लामो समयसम्म अनियन्त्रित रह्यो भने यसले जटिलता (complication) उत्पन्न गर्ने गर्छ । आँखा (Retinopathy), मिर्गौला (Nephropathy), स्नायु (Neuropathy) आदि धेरै देखिने जटिलताहरु हुन् ।

यी मध्य न्यूरोप्याथी भएका बिरामीहरुले विशेषगरी हात खुट्टा पोल्ने, झम्झम गर्ने, तातो र चिसो महसुस गर्न न सक्ने हुन्छ । यी सबै लक्षण मधुमेह रोगीमा हुने पेरिफेरल न्यूरोप्याथी (peripheral Neuropathy) नामक जटिलताले गर्दा हुने गर्छ ।

के हो पेरिफेरल न्यूरोप्याथी?

मधुमेह रोगका बिरामीहरुमा सबैभन्दा बढी देखिने जटिलता हो पेरिफेरल न्यूरोप्याथी। झन्डै ५० प्रतिशत मधुमेहका  बिरामीहरुमा देखिन्छ यो समस्या । टाइप वान मधुमेहमा धेरै वर्षपछि देखिन्छ भने टाइप टुमा अनियन्त्रित सुगर भएमा केही समयमा नै देखिन्छ भने कहिलेकाहीँ सुरुसुरुमा नै देखिन सक्छ ।

लक्षणहरु

१. हत्केला तथा पैताला पोल्ने
२. हात खुट्टा झम्झम गर्ने
३. हात खुट्टा निदाउने (मोजा लगाउदा घोचेको,तानेको अनुभव हुने)
४. ताल्चा खोल्दा बल नपुग्ने या बोटल  को बिर्को खोल्न अपठ्यारो हुने
५. सिढी चढ्न वा वर्लिन गाह्रो हुने
६. बसेर उठ्दा रिंगटा लाग्ने र पटक पटक लड्नु
७. तातो र चिसो महसुस कम हुने
८. चोटपटक लागेको कम महसुस हुने
यी बाहेक डाइबेटिक अटोनोमिक न्यूरोप्याथी (Diabetic  Autonomic Neuropathy) मा मुटु, पाचन प्रणाली समबन्धि समस्याहरु देखिने गर्छ ।
डाइबेटिक न्यूरोप्याथी भएका रोगीहरुलाई खुट्टामा भएको घाउ र त्यसले हुने दुखाइ महसुस न हुने भएकोले त्यस्ता घाउ गहिरो हुने गर्छ र धेरै मधुमेह रोगीहरुको आंशिक या पूर्ण रुपमा खुट्टा काट्नुपर्ने हुन्छ ।

उपायहरु

१. नियन्त्रित ब्लड सुगर
२. खाली खुट्टा न हिड्ने (कतिपय मधुमेह रोगीहरु खाली खुट्टा घुम्ने बानी हुन्छ जुन कुरा गर्नु हुँदैन्
३. आफूले प्रतेक दिन आफ्नो पैताला लाई ध्यान दिएर हेर्ने र कुनै घाउ, खटिरा न भएको एकीन गर्ने
४. आफूले प्रयोग गर्ने चप्पल र जुत्ताको भित्री भागलाई राम्ररी हेर्ने र कुनै ढुङ्गा या अन्य तत्व न भएको एकिन गर्ने
५.  नङ गहिरो गरेर न काट्ने
६. भिजेको पैताला खास गरी औलाका बीच भागलाई पातलो रुमालले राम्ररी प्रत्येक पटक पटक सुकाउने
७. न्यूरोप्याथी (Neuropathy) भएका बिरामीहरु बसेर वा सुतेर एक्कासी उठ्नु हुँदैन । कुनै कुराको साहारा लिएर विस्तारै उठने।
यस्ता लक्षण भएका बिरामीहरुलाई biothesiometer  वा  सामान्य filament  परीक्षणद्वारा neuropathy एकिन गर्न सकिन्छ ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ