२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ?

स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ?


स्लीप डिसअर्डरका कारणहरु धेरै हुन सक्छन् । जसमध्ये एन्जाइटी, डिप्रेशन, सब्सट्यान्ट युज डिसअर्डर (लागु पदार्थ दुर्व्यसन) आदि पर्दछन् । एन्जाइटी र डिप्रेशनमा हुने स्लिप डिसअर्डर फरक हुन सक्छन् । एन्जाइटीमा सुरु–सुरुमा हामीलाई निद्रा नलाग्ने, मन आत्तिने, दिमागमा धेरै कुरा खेल्ने र निद्रा पर्न गाह्रो हुने हुन्छ ।

डिप्रेशनमा सुरुमा निद्रा पर्छ । तर विहान निन्द्राबाट ब्युझिने नर्मल समयभन्दा दुई तीन घण्टा अघि निन्द्रा खुल्छ । बीच–बीचमा ब्युझिने अथवा निद्राबाट ब्युझिनुभन्दा अघि नै ब्युझिने, ब्युँझिएपछि निद्रा नलाग्ने पनि हुन्छ । त्यस्तै, डिप्रेशनमा, बाइपोलार डिसअर्डर मेनिया भन्ने हुन्छ, यसमा चाहिं बिरामी २ घण्टा सुत्दा पनि फ्रेस हुने हुन्छन् । त्यस्तै, लागुपदार्थको सेवनमा पनि स्लीप डिसअर्डरको समस्या आउन सक्छ ।

स्लीप डिसअर्डरले स्वास्थ्यमा पार्ने प्रभावहरु

मानसिक रुपमा यसले विभिन्न प्रभाव पार्न सक्छ । काममा कम ध्यान जाने हुन्छ । पछि गएर एन्जाइटी, डिप्रेशन हुने सम्भावना पनि बढ्छ । यसले अन्य शारीरीक तथा मानसिक रोगहरुमा पनि असर पर्न सक्छ । मधुमेह, कोलेस्ट्रोल, थाइराइड, रक्तचाप सम्बन्धि समस्याहरु झनै बढ्न सक्छन् ।

स्लीप डिसअर्डरबाट बच्ने उपाय

सही तरिकाले निद्रालाई व्यवस्थापन गर्दै सुत्ने र उठ्ने समयको दैनिक व्यवस्थापन गर्ने गर्नुपर्छ । क्याफिनयुक्त खानेकुराहरु जस्तैः कोल्ड ड्रिंक, चिया, कफीको सेवन न्यून मात्रामा गर्नुपर्छ । सकेसम्म साँझको ४–५ बजेपछि क्याफिनयुक्त खानेकुरा नखान सल्लाह दिन्छौं ।

मोबाइल तथा उपकरणको बढी मात्रामा प्रयोग गर्नु हुँदैन् । मेलाटोनिनको सिक्रेसनमा यसले असर गर्ने भएकाले यस्ता ब्लू लाइटयुक्त उपकरणको कम प्रयोग गर्नुपर्छ । निन्द्रा नलागेको अवस्थामा मोबाइलमा विभिन्न आवाजहरु, स्लीप म्युजिकहरु बजाएर निदाउन सकिन्छ ।

घरेलु औषधिहरुमा, क्यामोमाइल टी, दुध बेसार पिउन सकिन्छ । सुत्नुभन्दा १–२ घण्टाअघि शारीरिक क्रियाकलापहरु नगर्ने गर्नुपर्छ ।

किन आइरहन्छन् बारम्बार सपना ?

हाम्रो निद्रालाई दुई वटा भागमा विभाजन गरिएको हुन्छ–नन रेम स्लीप र रेम स्लीप । नन रेम स्लीपमा देखिएका सपनाहरु याद हुँदैनन् र रेम स्लीपमा देखिएका सपनाहरु याद हुन्छन् । रेम स्लीपको अवस्थामा ब्युझिँदा हाम्रा सपनाहरु याद हुन्छन्, त्यो भएको खण्डमा निद्रा गोलमाल नै भयो भन्ने हुँदैन् ।

मानिसहरुले नराम्रो सपना देख्दा आत्तिने हुन्छ । त्यस्तो अवस्थामा हाम्रो सपनाले हाम्रो विपनामा असर गर्दैन् भन्ने कुरा याद राख्नुपर्ने हुन्छ । तर, हाम्रो विपनामा भइरहेका कुराले सपनामा असर गर्न सक्छ । हाम्रो विपनामा केही तनावहरु भइरहेका छन् भने त्यसले गर्दा हामीले नराम्रा सपनाहरु देख्न सक्छौं ।

तर, सपनामा नराम्रो देख्ने बित्तिकै यसले हाम्रो वास्तविक जीवनमा पनि असर गर्छ भन्ने कुरा हाम्रो सोच मात्र हो, यसले कुनै असर गर्दैन । यो सोच्दा हाम्रो एन्जाइटीको मात्रा बढ्छ । त्यसैले हामीले नराम्रो सपना देख्यौं वा धेरै सपना देख्यौं भने आत्तिइहाल्नु पर्दैन् ।

सपनाहरु दोहोरिने कारणहरु

यसलाई कहिलेकाहिं रेम स्लीप डिसअर्डर पनि भनिन्छ, यो भएको खण्डमा बीच–बीचमा निद्राबाट ब्युझिँने हुन सक्छ । बारम्बार एउटै सपनाहरु दोहोरिनेमा कुनै एक कारण हुँदैन्, त्यो सामान्य प्रक्रिया नै हो । यो हाम्रो शरीरको सामान्य प्रक्रिया हो ।

त्यसैलाई मनमा लिएर हामी आत्तिने भयो भने त्यो एउटा समस्या हो । तर, यसलाई सामान्य प्रक्रिया मानेर लिनुपर्छ । निन्द्रामा सपनामा देखेका कुरालाई मनमा लिएर आफै निराश हुने भावहरु हामीले राख्यौं भने त्यो समस्या बन्न सक्छ । तर, सकेसम्म सपनालाई सपनाकै रुपमा लिएर चाँडै भुलाइदिनुपर्छ ।




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ