महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । महिलाको शरीरको पेटको तल्लो भागमा रहेको थैली आकारको प्रजनन अंग हो ।
पाठेघरबाट रक्तश्राव र बच्चा हुर्किने ठाउँ हो । पाठेघरलाई वरिपरीका मांसपेशी र तन्तुले आफ्नो ठाउँमा अठ्याई राखेको हुन्छ । पाठेघरलाई थामेर राख्ने मांसपेशी र तन्तुहरू कुनै कारणले गर्दा कमजोर भएमा पाठेघर खस्ने गर्छ ।
यो समस्या उमेर बढेपछि देखिने समस्या पनि हो । उमेर बढ्दै गएपछि पाठेघरको मासंपेशीहरु कमजोर भएमा पाठेघर खस्ने गर्छ । पाठेघर खस्नु भनेको पाठेघर आफ्नो स्थानबाट खसेर योनीमा बस्नुलाई पाठेघर खस्नु वा आङ खस्नु भनिन्छ ।
पाठेघर खस्नुका कारणहरु
- सुत्केरी भएको ६ हप्ताभित्र गह्रुगो कामहरु गरेमा ।
- धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।
- धेरै बच्चा पाएमा ।
- लामो समयसम्म खोकी लागेमा ।
- प्रसव अवस्था नहुँदै बढी बल गरेमा ।
- कम उमेरमै (प्रजनन अंग पूर्ण रुपले विकसित नभई अवस्था) बच्चा जन्माएमा ।
- असुरक्षित गर्भपात गराएमा ।
- सुत्केरी आमालाई पोषणको अभाव भएमा ।
पाठेघर खस्नु पूर्व देखिन्छन् यस्ता लक्षण
- ढाड दुख्ने समस्या देखिनु ।
- योनीबाट केही वस्तु निस्केको जस्तो महसुस हुनु ।
- पटक—पटक पिसाब लागेमा ।
- यौनांग दुख्ने ।
- यौनाङमा घाउहरू देखिने र यौनीबाट गन्हाउने पानी आएमा ।
- अत्याधिक पेट दुःखेमा ।
पाठेघर झर्ने समस्याको रोकथाम कसरी गरिन्छ ?
- सकेसम्म सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने ।
- छिटो—छिटो बच्चा नपाउने । कम्तिमा ३ वर्षको फरकमा बच्चा जन्माउने ।
- सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म भारी उचाल्ने काम नगर्ने ।
- सकेसम्म ६ महिनासम्म आराम गर्ने ।
- कम उमेरमा (प्रजनन अंग पूर्ण विकसित नभई गर्भधारण नगर्ने) बच्चा नपाउने ।
- पाठेघर झरेको शंका लाग्नासाथ चिकित्सकको सल्लाह लिने ।
पाठेघर खस्ने समस्याको उपचार कसरी गरिन्छ ?
पाठेघर खसेका महिलाहरुको उपचार बिरामीको अवस्था हेरेर गरिन्छ । यसका ४ वटा चरणहरू हुन्छन् पहिलो चरण सुरुको अवस्थमा जस्तै ढाड दुख्ने समस्या मात्रै भएको छ भने त्यो बेला पेलिभिक फ्रोरमसलस एक्सरसाइज गराइन्छ ।
त्यो एक्सरसाइजबाट पाठेघरलाई माथि तान्ने काम गरिन्छ । दोस्रो र तेस्रो चरणमा रिङ राख्ने गरिन्छ । रिङ हेस्थ पोष्टहरुमा पनि राखिन्छ । चौथो अवस्थामा पाठेघरलाई निकाल्नु नै पर्ने हुन्छ ।
प्रस्तुतिः भूमिका विष्ट