हामी हाम्रो अनुहारको धेरै हेरचाह गर्छौँ तर शरीरका धेरै भागहरू छन् जुन प्रायः बेवास्ता गर्दैनन् । ती मध्ये एक घाँटी हो । घाँटीलाई अनुहारको जस्तो हेरचाह नगर्ने कारणले गर्दा यसको रङ्ग कालो हुन थाल्छ ।
आज हामी तपाईँलाई यसबाट सदाका लागि छुटकारा पाउने ५ सजिलो उपाय बताउनेछौँ, जसलाई समय–समयमा अपनाएर यस कालोपनलाई हटाउन सकिन्छ ।
१. घ्यु कुमारी
आफ्नो घाँटीमा एलोभेरा जेल लगाउनुहोस् र पाँचदेखि सात मिनेटसम्म मसाज गर्नुहोस् । यो हप्तामा दुई पटक गर्नुहोस । यसको प्रभाव एक महिनामा प्रस्ट देख्नुहुनेछ ।
२. आलु
हामी सबैलाई थाहा छ कि आलु आँखाको कालो घेराको लागि प्रयोग गरिन्छ, तर तपाईँ यसलाई आफ्नो घाँटी सफा गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई दुईदेखि तीन पटक प्रयोग गर्नाले तपाईँले यसको प्रभाव देख्नुहुनेछ । यसका लागि हरेक रात सुत्नुअघि घाँटीमा एक टुक्रा आलु रगड्नुहोस् । दस मिनेटपछि घाँटी धुनुहोस् र मोइस्चराइजर लगाउनुहोस् ।
३. बेसन
छालालाई चम्किलो बनाउन चनाको पिठो पनि उत्तम मानिन्छ । तपाईँ यसलाई आफ्नो घाँटी सफा गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एक चम्चा बेसार, आधा चम्चा तोरीको तेल र एक चिम्टी बेसार मिसाएर प्याक तयार गर्नुपर्छ । यो पेस्टलाई घाँटीमा १५ मिनेटसम्म राख्नुहोस् । त्यसपछि, यसलाई रगडेर हटाउनुहोस् । यो प्याक हप्तामा एक पटक लगाउनुहोस् ।
४. भिटामिन ई तेल
भिटामिन ई तेलबाट कपाल र अनुहारलाई धेरै फाइदाहरू हुन्छन् । अब यसलाई आफ्नो घाँटी सफा गर्न प्रयोग गर्नुहोस् । यसका लागि भिटामिन ई को दुईदेखि तीन वटा क्याप्सुल लिनुहोस् । यसबाट तेल निकालेर घाँटीमा राम्रोसँग मालिस गर्नुहोस् ।
एजेन्सीको सहयोगमा