कुन उमेर समूहका मानिसलाई कति समयको निन्द्रा आवश्यक ?

एक व्यक्तिलाई कति समय सुत्न आवश्यक छ ? यो कुरा उसको उमेरमा भर पर्ने कुरा रहेको संयुक्त राज्य अमेरिकामा गरिएको अनुसन्धानले देखाएको छ ।
निन्द्राले नै मानिसको स्वस्थता निर्धारण गर्ने भएकाले विभिन्न उमेर समूहका मानिसले कति समय सुत्ने भन्ने कुरा पनि विभिन्न नै हुन्छ ।
नवजात शिशुलाई कुनै पनि उमेरका मानिसहरूको तुलनामा बढी निद्रा चाहिन्छ ।
अमेरिकाको भर्जिनियामा रहेको नेशनल स्लीप फाउन्डेसनले प्रत्येक व्यक्तिको जीवनशैली नै उसको निद्राको आवश्यकता बुझ्ने आधार भएको बताएको छ । एक दिनदेखि तीन महिनासम्मको नवजात शिशुलाई हरेक दिन १४ देखि १७ घण्टा सुत्न आवश्यक हुन्छ ।
चार महिनादेखि ११ महिनासम्मका बालबालिकाका लागि १२ देखि १५ घण्टा सुत्नु आवश्यक हुन्छ ।
एक देखि दुई वर्षका बालबालिकाका लागि ११ देखि १४ घण्टा सुत्नु पर्याप्त हुन्छ ।
तीन देखि पाँच वर्षका बालबालिकाका लागि १० देखि १३ घण्टा, १४ देखि १७ वर्षका किशोर किशोरीका लागि आठ देखि दश, १८ देखि २५
वर्षका युवा तथा वयस्कका लागि ७ देखि ९ घण्टा र कम्तीमा ६ देखि ११ घण्टा सुत्नु आवश्यक छ ।
एकै समयमा, ५० देखि ६५ वर्ष उमेरका मानिसहरूलाई सात देखि आठ घण्टा सुत्न सिफारिस गरिएको छ।
नेशनल स्लीप फाउन्डेसनका अनुसार राम्रो स्वास्थ्यका लागि समयमै सुत्ने र उठ्ने, मदिरा तथा लागू पदार्थको सेवन नगर्ने, सुत्नुअघि इलेकट्रोनिक उपकरण, मोबाइल आदिको प्रयोग नगर्ने गर्दा स्वस्थ जीवन जिउन सकिन्छ ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?
- ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
- ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ७ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
तपाईको प्रतिक्रिया दिनुहोस