२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआँखा कमजोर हुनबाट रोक्न दिनुहोस् यी ५ कुरामा ध्यान 

आँखा कमजोर हुनबाट रोक्न दिनुहोस् यी ५ कुरामा ध्यान 


दिनरात फोन, कम्प्युटर, टिभीको प्रयोगले आँखामा नकारात्मक असर पार्छ । पछिल्लो समय बढ्दो प्रदूषणका कारण आँखामा धुलोको कण लाग्ने, विषाक्त धुवाँका कारण जलन हुने, आँखा चिलाउने र आँसु आउने समस्या बढ्दै गएको छ ।

आँखा कमजोर नहोस् भनेर यी कुरामा ध्यान दिनुहोस् ।

१. प्रविधिको प्रयोग कम गर्ने
विज्ञहरूले पनि अहिले फोन, कम्प्युटर आदिको न्यूनतम प्रयोगमा जोड दिइरहेका छन् । कार्यालयमा कम्प्युटरमा काम गर्नु तपाईँको बाध्यता हुन सक्छ, तर घरमा होइन । घरमा कम्प्युटर, मोबाइलबाट टाढा रहनुहोस् ।

२. पोषणयुक्त खाना
पेट भर्नको लागि मात्र खाना नखानुहोस् । आहारमा ती चीजहरू समावेश गर्नुहोस्, जसले तपाईँको आँखाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । खानामा सकेसम्म पौष्टिक र प्रोटिनयुक्त आहार समावेश गर्नुहोस् । हरियो सागसब्जी जस्तै पालक, माछा, फलफूल आदि प्रशस्त मात्रामा खाने । यी खानेकुराले आँखामा ड्राई आई सिन्ड्रोमको समस्या हुँदैन ।

३. समय समयमा आँखाको जाँच
कम्प्युटरमा काम गर्दा आँखामा जलन भएमा, आँखामा दाग लागे वा आँखाबाट आँसु आइरहेमा आँखा जाँच गराउनुपर्छ । आँखाको ज्योति पूरै ठिक भए पनि वा पढ्दा कुनै समस्या नभए पनि वर्षमा कम्तीमा एक पटक आँखा जाँच गराउनुपर्छ ।

४. आँखा झिम्काउनुहोस्
यदि तपाईँ कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने, प्रत्येक सेकेन्डमा कम्तीमा तीन देखि चार पटक आफ्नो आँखा झिम्काइरहनुहोस् । यसले आँखालाई ताजा र तनावमुक्त राख्छ । यसो गर्नाले आँखामा कुनै तनाव हुँदैन ।

५.आँखाको लागि व्यायाम गर्नुहोस्
राम्रो आँखा र स्वास्थ्य कायम राख्न व्यायाम गर्नुहोस् । दुवै हत्केलालाई एकसाथ रगड्नुहोस् । हत्केला न्यानो भएपछि आँखामा हल्का राख्नुहोस् । यसो गर्दा आँखाको तनाव र दुखाइ कम हुन्छ । बाहिरबाट आउँदा आँखामा पानी छर्कने गर्नुहोस् यसले धुलोका कणहरू हट्छ र आँखालाई कुनै हानी हुँदैन ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ