२०८१ पुस १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसो मौसममा हात खुट्टा सुनिने र कम्मर दुख्ने समस्या किन हुन्छ ?

चिसो मौसममा हात खुट्टा सुनिने र कम्मर दुख्ने समस्या किन हुन्छ ?


जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्याहरुमध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्याधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । साथै जाडो मौसममा कम्मर दुख्ने समस्याहरु देखिने गर्छन् ।

हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्या जाडोमा मात्रै हुने समस्या होइन् । खासमा जाडो मौसममा यो समस्या केही बढी मात्रामा मात्रै देखिएको हो । गर्मीमा हाम्रो छाला तन्किने हुन्छ भने जाडोमा खुम्चिने हुन्छ । जाडो महिनामा खुम्चेको रक्तनलीहरु साँघुरिने भएकाले औंलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने र सुन्निने हुन्छ ।

एकै ठाउँमा बसिरहने हो भने हाम्रो खुट्टाहरू सुनिने समस्याहरु आउने गर्छ । एक ठाउँमा बसिराख्यौं भने हाम्रो रगतको नसाहरूमा राम्रोसँग रगत माथि तान्दैन र रगत तल नै बसिराख्छ । तर, त्यहाँबाट पानी लिक हुन थाल्छ अनि हाम्रो खुट्टाहरू सुनिन थाल्छन् ।

खासगरी महिलाहरुमा यो समस्याहरु देखिन्छ । धेरै महिलाहरु एक्सरसाइज नगर्ने भएको हुँदा उनीहरुमा यी समस्याहरु देखिन्छन् । जाडो मौसममा हामी हिँडडुल कम गर्ने हुनाले र एक्सपोजर नभएर एक ठाउँमा बसिरहदा यस्ता समस्याहरु देखिन्छन् ।

कस्ता व्यक्तिमा यस्ता समस्याहरु बढी हुन्छन् ?

पहिलेदेखि शरीरमा रोगहरुको समस्या भएका व्यक्तिहरु जसलाई युरिक एसिड, थाइराइड, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल भएका मानिसहरुमा धेरै मात्रामा यो समस्या देखिन्छ । कोल्ड एलर्जी भनेको जसलाई पनि देखिने समस्या हो । यसरी कम्मर दुख्नु भनेको अव्यवस्थित जीवनशैली पनि हो । त्यसैले हिँडडुल नगरेका हुनाले पनि कम्मर दुख्ने समस्याहरु आउने गर्छ ।

बच्नका लागि के गर्ने ?

  •  शरीर न्यानो राख्नका लागि बिहान केही समयसम्म एक्सरसाइज गर्ने ।
  • चिसोमा हात खुट्टाका औलाहरु चलाइरहने ।
  • मनतातो पानीमा नुन हालेर सेकाउँदा सुनिएका अंगमा सुजन र दुखाइ कम हुन्छ ।
  • हातखुट्टा न्यानो राख्न पञ्जा र मोजा लगाउने ।
  • धेरै चिसो छ भने सकभर बाहिर ननिस्कने ।
  • पानी धेरै पिउने ।

पानी धेरै पिउनुपर्छ । किनभने, जाडो मौसममा कम पानी खाने हो भने रगत पूरै शरीरमा राम्रोसँग पुगेको हुँदैन । जसले समस्या हुने गर्छ ।
आफूलाई न्यानो राख्दा—राख्दैं पनि हातखुट्टा सुनिने र कम्मर दुख्ने स्ता समस्या धेरै दिन समसम्म रहन्छ भने डाक्टरको सल्लाह लिनुपर्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ