गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा मौसमको परिवतर्नसँगसँगै वातावरणमा ब्याक्टेरिया भाइरसहरू धेरै हुने गर्छन् । विशेषगरी जाडो महिनामा भाइरल इन्फेक्सन धेरै हुन्छ । र, संक्रमण बढ्छ । साथै इम्युनिटी लो हुनेलाई भाइरल इन्फेक्सन हुने गर्छ ।
टन्सिल ७० प्रतिशत भाइरसले गराउँछ भने बाँकी ३० प्रतिशत ब्याक्टेरिया टन्सिल हुने गर्छ । चिसो खानपानले गर्दा बिरामीलाई चिसोको एलर्जी हुने गर्छ । त्यसका साथै पिनास हुने गर्छ । प्रदुषणले गर्दा पनि पिनास हुने गर्छ । टन्सिल हुनेलाई पिनास नहुन पनि सक्छ । तर, जाडो मौसममा पिनास र टन्सिल धेरैजसो मानिसहरुमा देखिने समस्या हो ।
पिनास
पिनासले जाडो मौसममा धेरै नै दुःख दिन्छ । रुघाखोकी लाग्दा केही नभएको भनी लापरवाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलोधुवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका एलर्जीहरू, नाकभित्रको हड्डी बांङ्गिनु, नाकभित्र मासु पलाउनु पनि पिनास हुनुका कारण हुन सक्छन् ।
पिनासका लक्षणहरु
- नाक बन्द हुने
- सिँगान धेरै आउने
- खोकी लाग्ने
- टाउको दुख्ने
- मुखको वरपर दुख्ने
यसका साथै अरु केही लक्षणहरु पनि पिनास हुँदा देखिन्छन् ।
सावधानी अपनाउने ?
- तातो दुध र वेसार सर्वोत्तम औषधी हो ।
- आराम गर्ने ।
- चिसोबाट जोगिने
- चिसो नपिउने
- प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस) आदि सेवन गर्ने ।
टन्सिल
जाडो मौसम सुरु भइसकेपछि मौसमको बदलावसँगै चिसोसँग सम्बन्धित विभिन्न रोगहरूले सताउन सक्छ । रुघाखोकी, ज्वरो मात्र नभएर टन्सिलको समस्याले पनि धेरैलाई पिरोल्ने गर्छ । मौसम परिवर्तनका बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र बालबालिकालाई टन्सिलले दुःख दिन सक्छ ।
घाँटी दुख्ने, टन्सिल बढ्दै जाने, थुक निल्न गाह्रो हुने, ज्वरो आउने, आलस्य हुने, घाँटीको ग्रन्थीहरु सुनिनेजस्ता लक्षणहरु टन्सिलमा देखिन्छन् ।
जाडोमा कसरी सावधानी अपनाउने ? ।
- टन्सिल हुँदा तातोपानीले कुल्ला गर्नु सबै भन्दा प्रभावकारी उपाय हो ।
- बेसार पानी खाने गर्नुपर्छ । बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटीक नै हो ।
- तुलसी चबाउने गर्नुपर्छ । तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउन र पानीमा उमालेर पिउन पनि सकिन्छ ।
- चिसो खाने कुरा बन्द गर्नुपर्छ ।
- चुरोट नखाने ।
- धुवाँबाट बच्ने ।
- पौष्टिकयुक्त खाना खाने ।
- टन्सिल भइरहन्छ भने तातो खाना खाने ।पिनास र टन्सिल स्कुल जाने उमेर भैसकेका बाहिर हिँडडुल गर्ने बच्चाहरुमा हुने गर्छ । पिनास र टन्सिल हुने सम्भावना १८ वर्ष भन्दा माथिकालाई पनि हुन्छ । बच्चा बाहिर हिँडडुल गर्ने र विभिन्न परिकारहरु खान थाल्छन् । जसका कारण बच्चा बाहिर जान थालेपछि रोगको संक्रमण हुने जोखिम बढ्छ ।टन्सिल बर्षको एक दुई पटक हुनु सामान्य हो । तर, टन्सिल वर्षमा ७ पटक वा सोभन्दा धेरै हुन्छ भने त्यस्तो बिरामीलाई एन्टीबायोटिक खाएर रोकथाम हुँदैन । शल्यक्रिया गर्नुपर्ने हुन्छ । सबैलाई टन्सिल निकाल भन्न मिल्दैन् । यदि उसलाई अन्त्यन्तै गाह्रो भैरहेको छ भने अप्रेसन गर्ने सल्लाह दिइन्छ ।त्यस्तै, पिनासमा एक्युट र क्रोनिक भन्ने हुन्छ । ३ महिनाभन्दा कम समयसम्म पिनासका लक्षणहरु देखिरह्यो भने भने त्यसलाई एक्युट भनिन्छ । ३ महिनाभन्दा धेरै समयसम्म पिनासका लक्षणहरु भैरह्यो भने क्रोनिक भनिन्छ छ । क्रोनिक र एक्युट भएकालाई सुरुमा औषधी दिइन्छ । निको नभएको खण्डमा क्रोनिक भएकालाई बिरामीलाई शल्यक्रियाको लागि सल्लाह दिइन्छ । एक्युट भएकालाई थप ट्रिटमेन्ट गरिन्छ ।
टन्सिल बिग्रदा…
१५ वर्षमुनिका बच्चाहरूमा टन्सिल धेरै हुन थाल्यो भने मुटुको रोग पनि हुन सक्छ । यसले मुटुको भल्भमा समस्या हुने गर्छ । मुटु र किड्नीमा पनि असर पर्छ । टन्सिलमा हुने किटाणु किड्नीमा पनि हुने हुँदा त्यसले किड्नीलाई पनि असर गर्छ ।
पिनास बिग्रदा…
पिनास बिग्रियो भने मानिसको दिनचर्यामा एकदमै नराम्रो प्रभाव पारिरहेको हुन्छ । पिनासको समस्याले गर्दा आँखामा पनि समस्या आउने गर्छ । आँखा पाक्ने हुने गर्छ । आँखामा संक्रमण भएर निको नभएपछि विस्तारै दिमागमा पनि संक्रमण हुने गर्छ । समयमा उपचार भएन भने दिमागमा पनि संक्रमण हुने अवस्था आउन सक्छ ।
प्रस्तुतिः भुमिका विष्ट