२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके बच्चालाई जण्डिस हुँदा आमाले मुख बार्नुपर्छ ?

के बच्चालाई जण्डिस हुँदा आमाले मुख बार्नुपर्छ ?


जण्डिस आफैंमा एउटा रोग हैन। यो कुनै रोगको कारण हो । जण्डिस एउटा लक्षण हो जुन शरीरको विभिन्न भागमा देखा पर्ने गर्दछ।   रगतमा हुने बिलिरुबिन नामक तत्व सामान्यभन्दा बढी भएमा शरीरमा पहेँलोपन देखिन्छ र त्यसलाई जन्डिस भनिन्छ ।

जण्डिस नवजात शिशु देखि वयस्क समुहमा समेत देखा पर्ने गर्दछ । तर,  एक वयस्क व्यक्तिमा देखिने पहेलोपन र नवजातशिशुमा देखिने पहेलोपन फरक हुन्। आज हामी नवजात शिशुमा देखिने जण्डिस, कारण र उपचारको बारे चर्चा गर्दैछौं ।

नवजात शिशुमा पहिलेपन देखिनु एक प्रमुख समस्या मानिन्छ।  शिशु पहिलो हप्ताभित्र अधिकांश शिशुमा पहेलो वा जण्डिस देखिन सक्ने सम्भावना प्रबल रहन्छ । यो सामान्य पनि हो ।  धेरैजसो समय अगावै जन्मिएका शिशुहरुमा पहेलोपन बढी देखिन्छ । समय पुगेर जन्मिएका करिब ६० प्रतिशत शिशुमा जण्डिसको समस्या देखिन्छ भने समय अगावै जन्मिएका शिशुहरुको उचित विकासक्रम भइनसक्ने हुँदा उनीहरुमा भने यो करिब ८० देखि ८५ प्रतिशतसम्म देखिन्छ ।

शिशुमा जण्डिस हुँदा देखिने निम्न लक्षण

  • जन्मिएको २४ घन्टाको अवधिमै शिशुको हत्केला र पैताला  पहेलो देखिनु,
  • शिशु काम्नु
  • शरीर अरठ्ठो बनाउनु,
  • दुध चुस्न नमान्नु।
  • तीखो स्वरमा रुनु।

पहेलोपन देखिएका धेरै नवजात शिशु विस्तारै स्वस्थ हुँदै जाने र ठिक हुने हुन्छ। तर, ५ देखि १० प्रतिशत नवजात शिशुको उपचार नै गर्नुपर्ने अवस्था आउँछ।  पहिलोपन धेरै कारणले हुने गर्छ। यी हुन् प्रमुख कारण :

  •  आमा र बच्चाको ब्लड ग्रुप फरक हुनु,
  •  उमेर नपुगी सन्तान जन्मिएमा,
  •  आमाको दुध नपुग्दा,
  •  विभिन्न प्रकारको संक्रमणका कारण,
  •  शिशु र आमाको रक्त समूह फरक–फरक भएमा
  •  दम्पत्तिको यसअघिको शिशु (दोस्रो सन्तान भएको हकमा) जन्डिसकै कारण अस्पताल भर्ना भएको अवस्था भएमा

जण्डिसको लेभल अनुसार शरीरको विभिन्न भागमा देखिन्छ। जन्डिसमापन गर्दा  ४देखि ६ युनिट देखियो भने अनुहारमा पहेलोपन  देखिन्छ। ६ देखि ८ युनिट भयो भने छाति र पेटमा देखिन्छ। नाइटोभन्दा मुनि घुँडाभन्दा माथि भयो भने ८ देखि १२ युनिट सम्मको लागि सामान्य मान्न सकिन्छ    ।  घुँडादेखि तल भयो भने १२देखि १५ युनिट हुन्छ जन अवस्थामा अस्पताल नै लगेर भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ।

उपचार विधि

नवजात शिशु जन्मनु अघि नै आमाले पाठेघरको जाँच गराएर बच्चा र आमा दुवैको रक्त समूहको जाँच गराउनु पर्दछ।  यदि फरक आएमा जण्डिस हुन् नदिनका लागि औषधी दिइन्छ। वंशाणुगत कारण छ छैन पत्ता लगाएर उपचार गर्ने गर्छौं। त्यसबाहेक  शिशु जन्मिएको २४ घण्टाभित्र जण्डिस देखियो भने उपचार गर्नुपर्ने हुन्छ।  कुनै जण्डिस १४ दिन पछि आफै हराउने गर्छ।

जटिल प्रकारको जण्डिस देखा परेमा चिकित्सकको परामर्शमा शिशुको उपचार गर्नुपर्छ । यस्तो जण्डिज देखा परेमा शिशुलाई सेकेर फोटोथेरापीको माध्यमबाट उपचार गरिन्छ । शिशुलाई बत्ती मुनि राख्ने, घाममा राख्ने। नाइटोमा पाइपबाट रगत निकालेर पुन अर्को रगत चढाउनुपर्छ। कतिपय केसमा औषधीहरु दिइन्छ जसले जण्डिस भएको  दिसापिसाबबाट निकाल्न मद्दत गर्छ ।

जण्डिसको जटिल अवस्था

कतिपय अवस्थामा शरीरमा बिलिरुबिनको मात्रा अत्याधिक रुपमा वृद्धि हुन पुग्दछ । जसले  गर्दा  टाउँकोमा असर हुने हुन्छ।    जुन शिशुको मस्तिष्कसम्म पुगी शिशु कान नसुन्ने, आँखा नदेख्ने,  बोलीमा समस्या आउने,  मस्तिष्कको वृद्धि विकास उचित रुपमा नहुने ,  हिडडुल गर्न नसक्ने हुन्छ । त्यस्ता समस्या हुन नदिन  यसको पहिला नै उपचार गर्नुपर्ने हुन्छ । जसकारण पनि हामीले शिशुमा देखिएको जण्डिसलाई सामान्य हो भनेर बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन । चाँडोभन्दा चाडो उपचार गराउनुपर्ने हुन्छ।

शिशु जण्डिस नै भएर मृत्यु हुने केस विरलै हुन्छ। यो उपचारपछि ठिक हुन्छ। जण्डिस ठिक भैसकेका शिशुमा पनि डिस्चार्ज पछि आवश्यक सोधपुछ गर्न सकिन्छ ।

बच्चालाई जण्डिस हुँदा आमाले पनि मुख बार्नुपर्छ ?

बच्चालाई जण्डिस हुँदा आमाले पनि मुख बार्नु पर्छ भन्ने हुँदैन। शिशुमा जण्डिस हुँदा माछामासु खान नहुने, जण्डिस बार्नु पर्छ भन्ने हुन्छ जुन अन्धविश्वास नै हो। आमाले यस समय झनै प्रशस्त मात्रामा पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्छ। बच्चालाई स्तनपान गराउन निकै जरुरी भएकोले दुध आउने खानेकुरा बढी खानपर्ने हुन्छ।

विराट अस्पतालमा पनि जण्डिसका सम्पूर्ण सेवाहरु छन्। यहाँ शिशुमा हुने जण्डिसको पहिचान गरी सफल उपचार गर्ने गरिन्छ। विराट अस्पतालमा नवजात शिशुलाई हुने जण्डिसको केसहरु महिनामा ५० देखि ८० वटा हुने गर्छ । अहिलेसम्म यस अस्पतालमा नवजात शिशुको जण्डिसकै कारण मृत्यु भएको केस पाइएको छैन ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ