२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यउच्च कोलेस्ट्रोल मुटुसँगै खुट्टा र कपालका लागि हानिकारक, लक्षण र बच्ने उपाय

उच्च कोलेस्ट्रोल मुटुसँगै खुट्टा र कपालका लागि हानिकारक, लक्षण र बच्ने उपाय


हृदय स्वास्थ्यलाई असर गर्ने सबैभन्दा गम्भीर कारकहरू मध्ये एक हो, उच्च कोलेस्ट्रोल । कोलेस्ट्रोल भनेको रगतमा भएको बोसोको एक प्रकार हो जसले शरीरमा स्वस्थ कोषिकाहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। तर, बढेको कोलेस्ट्रोलको स्तरले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, जसमा हृदय रोगलाई सबैभन्दा गम्भीर मानिन्छ। के तपाईलाई थाहाँ छ, बढ्दो कोलेस्ट्रोल लेभल तपाईको मुटुका साथै तपाईको खुट्टा र कपालको लागि हानिकारक हुन सक्छ?

स्वास्थ्य विज्ञहरूका अनुसार बढ्दो कोलेस्ट्रोलको असर खुट्टा र कपालमा पर्न सक्छ। उच्च कोलेस्ट्रोलले पेरिफेरल आर्टरी डिजीज (PAD) को जोखिम बढाउँछ। यस अवस्थामा, तपाईंको खुट्टा र कपालमा नकारात्मक प्रभाव देख्न सकिन्छ। सामान्यतया हामी यी लक्षणहरूमा ध्यान दिदैनौं तर, यसले गम्भीर समस्याहरूको जोखिम बढाउँछ। आउनुहोस्, हाई कोलेस्ट्रोलले खुट्टा र कपालमा के नकारात्मक असर पार्न सक्छ, साथै यसबाट कसरी बच्ने ?

यस्ता लक्षण खुट्टामा देखिन सक्छ

स्वास्थ्य विज्ञहरुका अनुसार शरीरमा धमनी रोग बिस्तारै बढ्छ । जब यो बढ्छ, शरीरमा केहि यस्ता लक्षणहरू हुन सक्छ, जसमा तपाईंलाई तत्काल चिकित्सा सहायता चाहिन्छ। इङ्ल्यान्डको नेशनल हेल्थ सर्भिसको रिपोर्टका अनुसार यससँग सम्बन्धित लक्षणहरूबारे सबै मानिसहरू सचेत हुन आवश्यक छ।

  • नङ कमजोर हुन्छ र सजिलै भाँचिन्छ।
  • खुट्टामा कमजोरी र सुन्निने।
  • खुट्टामा घाउ र छालाहरू निक्सनु  जुन सजिलै निको हुँदैन।
  • पहेंलो वा नीलो छाला जस्ता छालाको रंगमा परिवर्तनहरू।
  • खुट्टाको मांसपेशिहरुमा संकुचन।
  • हिँड्दा खुट्टा दुख्ने ।

उच्च कोलेस्ट्रोल नियन्त्रण गर्ने प्रयास गर्नुहोस्

खानपान र जीवनशैलीमा सुधार भएमा कोलेस्ट्रोलको व्यवस्थापन सहज हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । यसका अलावा दिनचर्यामा व्यायाम समावेश गरेर यसलाई कम गर्न वा नियन्त्रणमा ल्याउन सकिन्छ। सधैं ध्यान राख्नुहोस् कि हामीले जीवनशैलीलाई जति स्वस्थ राख्छौं, त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ। कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न विभिन्न चिजको सेवन पनि फाइदाजनक मानिन्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने ?

हार्वर्ड युनिभर्सिटीका विज्ञहरूका अनुसार अध्ययनले धेरै खानेकुरामा यस्ता गुणहरू देखाएको छ। जसले बढेको कोलेस्ट्रोलको मात्रा सजिलै घटाउन मद्दत गर्छ। नुनिलो, चिल्लो खानेकुराको सेवन सीमित गर्नुहोस्। यसको सट्टा, बिरुवामा आधारित खानाहरूको सेवन बढाउनुहोस्। फाइबरयुक्त खानेकुराको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ