साइलेन्ट किल्लर मानिने उच्च रक्त चापबारे एक नयाँ अध्ययन प्रकाशित भएको छ। रिसर्चका नतिजा त्यस्ता बिरामीलाई सचेत गर्दछ जसको रातको समयमा रक्तचाप घट्ने र बढ्ने गरिरहन्छ।
रिसर्चको नतिजा हालैमा एक अमेरिकन हार्ट एसोसिएशनको हायपरटेनशन साइन्टिफिक साइंटिफिक सेसन्स-२०२१मा पेस गरएको हो।
यस विषयमा रिसर्च गर्ने इटालीको पिसा युनिभर्सिटीका एक वैज्ञानिकले भने, ‘टाइप-१ र टाइप-२ डायबिटीजका बिरामीमा रातको समय रक्तचाप बढ्नाले मृत्युको खतरा बढ्छ। रातको समयमा रक्तचाप कम हुने व्यक्तिको तुलनामा रक्तचाप बढ्ने बिरामीको मृत्युको जोखिम दोब्बर हुन्छ।’
रक्त चाप के हो ? यसलाई साइलेन्ट किल्लर किन भनिन्छ ? यसको घट्न-बढ्नु कतिको स्वभाविक हो ? मधुमेहका बिरामीलाई किन हुन्छ खतरा मृत्युको ?जान्नुहोस यसको उत्तर :-
रक्तनलीको मद्दतबाट शरीरको हरेक भागमा रगत पुग्ने गर्छ। रगत पम्प गर्ने क्रममा मुटुले रक्तनलीहरुमा राखेको दबावलाई रक्तचाप भनिन्छ। रक्तचापको सामान्य स्तर १२०/८० अर्थात रक्तचाप को माथिल्लो संख्या १२० र तल्लो संख्या ८० हुनु पर्छ।
तनाव, संक्रमण, औषधी र पानीको कमीको कारणले रक्तचाप गडबड हुन सक्छ। चिन्ताको विषय हो कि यस किसिमको समस्या भएका मानिसको जमात धेरै छ जो बढ्दो वा घट्दो रक्तचापलाई बुझ्दैनन्। यो अवस्था पछि गएर गम्भीर रोगहरु र मृत्युको कारण बन्न सक्छ। । त्यसैले यसलाई मौन हत्यारा पनि भनिन्छ।
यसकारण मृत्युको जोखिम
विशेषज्ञहरुका अनुसार राती सुत्दा रक्तचाप घट्छ। यदि रातमा रक्तचाप धेरै घट्दैन, तब यसलाई वैज्ञानिक भाषामा ‘नुन डिपिंग’ भनिन्छ। यदि दिनको तुलनामा रातमा रक्तचाप बढ्छ भने त्यसलाई रिभर्स डिपिङ भनिन्छ। मधुमेह रोगीहरुमा यो रिभर्स डिपिङले मुटु रोगको जोखिम बढाउँछ। नतिजास्वरूप मृत्युको जोखिम पनि बढ्छ।
पिसा विश्वविद्यालयकी एक अनुसन्धानकर्ता मार्टिना चिरियाको भन्छिन,’ मधुमेह भएका १० जना मध्ये एक जना रिभर्स डिपिङबाट पीडित छन्। यो अवस्थाले मृत्युको जोखिम दोब्बर बनाउँछ। बिरामीले रक्तचाप नियन्त्रण गर्न जरुरी छ।’
यी मध्ये एक तिहाई मानिसमुटु सम्बन्धित रोग कार्डियाक अटोनोमिक न्यूरोप्याथीबाट ग्रस्त छन्। यो स्थितिमा मधुमेका कारण नसा ड्यामेज हुन्छ। जो रक्तनली लाई नियन्त्रण गर्ने काम गर्छ। यसको समस्याले बिरामीको हार्ट रेट बिग्रिन्छ र मृत्युको खतरा बढ्ने गर्छ।
रक्तचाप नियन्त्रण गर्ने ४ तरिका :
१. धुम्रपान नगर्ने
धुम्रपान गर्न नहुने विज्ञहरु बताउछन। एक चुरोटको खिल्ली पिएपछि धड्कनलाई सामान्य हुन् २० मिनेट लाग्छ। जसकारण छाड्न नै उपयुक्त हुन्छ।
२. १ केजी तौल घटाउँदा १ पोइन्ट बिपी कम हुन्छ।
यो महत्वपूर्ण छ किनभने: मेयो क्लिनिकका अनुसार, यदि मोटोपनाबाट चिन्तित व्यक्ति यदी एक किलो तौल कम गर्छ भने एक मिमी एचजीसम्म कम हुन्छ। यति मात्र हैन रक्तचाप कम्मरसँग पनि जोडिएको हुन्छ। यदि पुरुषहरुको कम्मर ४० इन्च भन्दा बढी र महिलाहरुको कम्मर ३५ इन्च भन्दा बढी छ भने यसको जोखिम उच्च हुन्छ।
३. दैनिक खानामा ५ ग्रामभन्दा नुन खान नहुने
यो महत्त्वपूर्ण छ किनकि: एक युवा व्यक्तिको एक दिनको भोजनमा नुन ५ ग्राम भन्दा कम हुनु पर्छ। एक चम्चा नुनको बराबर २,३०० मिलीग्राम सोडियम हुन्छ। खानामा सोडियमको मात्रा घटाएमा बीपी ५ देखि ५ बिन्दुले घटाउन सकिन्छ।
४. ३० मिनेटसम्म व्यायाम गर्नुहोस।
नेशनल इंस्टीट्यूट अफ हेल्थमा प्रकाशित खोज अनुसार यदि प्रतिदिन ३० मिनेटसम्म वाक जाँदा ब्लड प्रेशरमा ५ देखि ८ विन्दुसम्म कम हुन्छ। यद्दपी लगातार हिड्नुहोस् नत्र रक्तचाप पुन बढ्न सक्छ। यस बाहेक खेलकुद गर्नाले पनि यसलाई नियन्त्रण गर्न सकिन्छ।
-एजेन्सी