२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमलद्धार क्यान्सरबाट मृत्युदर बढ्दै, देखिन्छन् यस्ता मुख्य ३ लक्षण

मलद्धार क्यान्सरबाट मृत्युदर बढ्दै, देखिन्छन् यस्ता मुख्य ३ लक्षण


अमेरिकामा मलद्धार क्यान्सरको बिरामीसंगै यसबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको तथ्य सार्वजनिक भएको छ । ‘जर्नल अफ दि नेशनल क्यान्सर इन्सिट्युट’ ले भर्खरै मात्र प्रकाशित गरिएको अनुसन्धानात्मक लेखले सो तथ्य सार्वजनिक गरेको हो ।

अध्ययनका अनुसार, गुद्धार क्यान्सरको साझा प्रकारमध्ये ‘स्क्वामससेल कार्सिनोमा’ केस सन् २००१ र सन् २०१५ बीचमा प्रतिवर्ष २ दशमलव ७ को दर वृद्धि हुँदै आएको छ । यससँगै ती वर्षमा गुद्धार क्यान्सरका कारण हुने मृत्युदरमा ३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यस्तै, अध्ययनका लेखकका अनुसार, सबैभन्दा बढी यस समस्याबाट काला जातीका पुरुष र वृद्धा महिलाहरु प्रभावित हुने गरेका छन् ।

यो समस्या तीव्र गतिमा वृद्धि हुँदै गएको बताउँदै हाउसटनस्थित युटिएच हेल्थ स्कुल अफ पब्लिक स्कुलका सहायक प्रोफेसर तथा अनुसन्धानका मुख्य लेखक आशिष देशमुख भन्छन्; ‘मलद्धार क्यान्सरको बारेमा हामी पहिल्यैदेखि यो कमै मात्र देखिने केस हो भन्ने धारणा राख्दै आएका छाँै । यसकारण पनि यसलाई हामीले वास्ता गरिरहेका छैनाँै । यद्यपि यो ध्यान दिनुपर्ने पक्ष हो ।’

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार, गुद्धारको अधिकांश केशहरु ह्युमन प्यापिलोमा भाइरस(एचपीभी) का कारण हुने गर्छ । प्रत्येक वर्ष एचपीभी संक्रमणको विकसित स्वरुपको रुपमा ९१ प्रतिशत व्यक्तिमा यो रोगको पहिचान हुने गरेको छ ।
यस्तै, गुद्धार क्यान्सरको कारण एसटीडी हो भन्ने ज्ञान हुन आवश्यक रहेको बताउँदै मेडिकल अनकोलोजिस्ट तथा मेमोरियल केयर क्यान्सर इन्स्च्यिुटका डाइरेक्टर एमडी ज्याक जेकब भन्छन्; ‘एचपीभी संक्रमणले सामान्य स्क्वामस सेललाई परिवर्तन गर्छ, जसले व्यक्तिमा गुद्धार क्यान्सर संक्रमण देखा पर्छ ।’

चिन्ताको विषय के छ भने, जामा पेडियाक्ट्रिक जर्नलमा प्रकाशित अर्काे अध्ययनले पनि अमेरिकामा मुख्य यौनरोग प्रसारित एचपीभी भाइरसको बारेमा अझै पनि ७५ प्रतिशत अनविज्ञ रहेको तथ्य देखाएको छ ।

सिडिसीको पछिल्लो सुझाव अनुसार, प्रत्येक २६ वर्ष वा सोभन्दा कम उमेरमा युवाहरुले एचपीभीको खोप लगाउनु पर्छ । भाइरसको संक्रमण हुनु अगावै ११ वा १२ वर्षको उमेरमा नै यौनको माध्यमबाट कुनै पनि रोग प्रसारित नहोस् भन्नका लागि सो खोप अनिवार्य रुपमा लगाउनु पर्ने सीडीसीले जनाएको छ ।

क्यान्सरबाट बच्ने कुनै रोकथामको उपाय नभएता पनि खोपको माध्यमबाट भने यसको जोखिमलाई कम गर्न सकिने युनिभर्सिटि अफ वासिङटनका सहायक प्रोफेसर तथा क्यान्सर केयरका एलिएन्सका चिकित्सा क्षेत्रका विशेषज्ञ स्टेसी ए कोहेनले बताए ।
गुद्धार क्यान्सरको जोखिमलाई कम गर्ने प्रभावकारी उपायको बारेमा थप्दै डा. ज्याकबले थपे; ‘उच्च जोखिमको यौन गतिविधि र सिमित यौन पार्टनरको माध्यमबाट पनि यसको जोखिमलाई कम गर्न सकिन्छ । बहु पार्टनर भएको व्यक्ति र गुद्धारबाट सम्बन्ध स्थापित गर्ने व्यक्तिमा

एचपीभी तथा गुद्धार क्यान्सरको जोखिम उच्च रहने तथ्य हेल्थले पनि यसअघिको प्रकाशनमा सार्वजनिक गरेको थियो ।
यसैगरि, डा. कोहेनका अनुसार, गुद्धार क्यान्सरको मुख्य लक्षण भनेको मलासयमा रक्तश्राव हुने, दिशामा रगत देखिने र गुद्धारमा दुखाई तथा दबाबको महशुस हुनु हो । ‘कहिलेकाहिँ हामी रक्तश्राव हेमोरोइड्स (मलासय वरपरको बाहिनी सुन्निनु) वा अन्य कारणवश् भएको भन्ने सोच्छौ,’ उनले थपिन्, ‘यस्ता लक्षण देखिएपछि प्राथमिक उपचार चिकित्सकलाई नै एकपटक अनिवार्य रुपमा देखाउन जरुरी हुन्छ ।’

गुद्धारको क्यान्सर रोगको पहिचान समयमै गर्न सकिएमा बिरामी बाँच्ने सम्भावना उच्च रहन्छ । अघि बोल्दै कोहेन फेरि पनि थप्छिन्; ‘यसको पूर्वानुमान खासगरी एचपीभीको संक्रमितमा बढी गर्न सकिन्छ । यद्यपि यसको उपचारको लागि भने किमोथेरापी एवम् रेडिएनसनसँगै शल्यक्रिया पनि उत्तिकै प्रभावकारी रहन्छ । जबकि केमो रेडिएशन भने त्यत्ति प्रभावकारी रहदैन ।’

एक्सल्पोर हेल्थबाट भावानुदित


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ