२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबालबालिकाको जोर्नी दुख्ने समस्यालाई सामान्य नलिऔं, आर्थराइटिस पनि हुन सक्छ

बालबालिकाको जोर्नी दुख्ने समस्यालाई सामान्य नलिऔं, आर्थराइटिस पनि हुन सक्छ


आर्थराइटिस शरीरका हाडजोर्नी सुन्निएर हुने दुखाई हो । यसले शरीरका विभिन्न जोर्नीमा असर पु¥याउँछ । यो समस्या वयस्कमा मात्र नभई बालबालिकालाई पनि उत्तिकै हुने गर्छ ।

आर्थराइटिसको विभिन्न प्रकारमध्ये बालबालिकामा देखिने आर्थराइटिसलाई ‘जुवेनाइल आर्थराइटिस’ (जेआरए)भनिन्छ । यो समस्या विशेषगरी ६ महिनादेखि १६ वर्षसम्मका किशोर–किशोरीसम्मलाई देखिन सक्छ ।

आर्थराइटिसका प्रकार

सिस्टेमिक आर्थराइटिस

शारीरिक लक्षण ठीक भइसकेपछि मात्रै आर्थराइटिसको सुरुवात हुने अवस्था हो । यसअन्र्तगत बच्चामा ज्वरो आउने, शरीरको पाखुरा तथा खुट्टाका भागमा चिलाउने र शरीरमा राता डाबरहरु देखा पर्दछ । केटाकेटी दुवै समूहलाई सताउने यस समस्याले उनीहरुको मुटुलाई समेत असर गर्छ । यो समस्या घाँटीमा भएको संक्रमणले मुटुको कोषहरु लाई समेत असर गर्छ ।

ओलिगो आर्थराइटिस

यो आर्थराइटिसले शरीरको चारवटा भन्दा कम जोर्नीलाई असर गरेको अवस्था हो । तुलनात्मक रुपमा हेर्ने हो भने यस समस्याले विशेषगरी ८ वर्षमुनीका बालिकालाई बढी सताउने गरेको पाइएको छ ।

पोली आर्थराइटिस

पोली आर्थराइटिस भन्नाले शरीरको चारभन्दा बढी जोर्नीलाई असर गरेको अवस्था भन्ने बुझिन्छ । यो समस्या पनि तुलनात्मक रुपमा छोरीहरुमा नै बढी देखिने गरेको पाइन्छ ।

रिमाटोइड आर्थराईटिस

घुँडा, हिप, काँधको जोर्नीजस्ता ठुलो जोर्नीको दुखाई एक भागबाट अर्काे भागमा सर्दै जाने अवस्था रिमाटोइड आर्थराइटिस हो ।

आर्थराइटिस हुुनुका कारण

हाम्रो शारीरिक संरचना अनुरुप कुनैपनि बाहिरी संक्रमण विरुद्ध लड्नका लागि शरीर आफैले एन्टीबडी(प्रतिरक्षा प्रणाली) को विकास गर्दछ । तसर्थ सोहि एन्टीबडीले कहिलेकहिँ बाहिरी रोग वा संक्रमण विरुद्ध लड्ने क्रममा शरीर स्वयम्लाई नै हानी गरी हाडजोर्नी र मुटुको कोषहरु लाई समेत असर पु¥याउँछ । यसबाट नै शरीरमा आर्थराइटिस देखा पर्दछ ।

यस्तै, कहिलेकाहिँ हाम्रो शरीरमा आवश्यक एन्टीबडीभन्दा बढी एन्टीबडी उत्पादन हुन्छ र, त्यसले हाम्रो जोर्नीको तन्तुलाई नै असर गर्दै सुन्नाउने काम गर्छ । जसबाट पनि व्यक्तिमा हाडजोर्नीको समस्या देखिन्छ । शरीरमा देखिने यस्तो प्रणालीलाई चिकित्सा क्षेत्रअन्र्तगत भने ‘अटो–इम्युन मेकानिजम’ भनिन्छ ।

तर, हालसम्म व्यक्तिमा यो समस्या के कारणले देखिन्छ भन्ने कुराको पुष्टि भई नसकेको हँुदा यसलाई ‘इडियोपेथिक कज’ पनि भनिन्छ । यद्यपि यो एकबाट अर्काे पुस्तामा भने आणुवंशिक समस्याको रुपमा देखिएको पाइन्छ ।

आर्थराइटिसका लक्षण

  • बिहानीपख जोर्नीहरु बढी दुख्ने र विस्तारै घाम ढल्किँदै जाँदा सो दुखाई स्वतः कम हुने
  • जोर्नीहरु सुन्निने, दुखाई बढ्ने
  • शरीरमा रगतको कमी हुने
  • आँखा रातो हुनु वा दुख्नु
  • आँखा धमिलो देख्नु
  • ज्वरो आउनु
  • तौल घट्नु
  • थकानको महशुस हुनु
  • चिडचिडापन हुनु÷झिँझार लाग्नु ।

बालबालिकालाई आर्थराइटिसबाट बचाउने उपाय

बच्चामा देखिएको आर्थराइटिसको अवस्था अनुरुप त्यसको उपचार गरिन्छ । यसका लागि अधिकांशलाई औषधिको प्रयोगबाट नै निको वा कम पार्न सकिन्छ । यद्यपि शरीरलाई यसले पु¥याएको अवस्था अनुसार कतिपयले दिर्घकालीन रुपमा औषधिको प्रयोग गर्नुपर्ने हुन्छ भने कतिपयलाई भने उपचारका अन्य विधिहरु पनि अपनाउनुपर्ने हुन्छ । तसर्थ आफ्ना बालबालिकामा यस्तो समस्या नदेखियोस् भन्नका लागि अभिभावकले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छः

  • बच्चामा टन्सिलको समस्या देखिएमा तुरुन्त उपचार गर्ने
  • आफ्ना बच्चामा आएको शारीरिक परिवर्तन एवम् चालको ख्याल राख्ने
  • बिहान उठ्दा बच्चाको जीउ कक्रक्क भई विस्तारै मात्र सक्रिय हुने समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने
  • परिवारका अन्य सदस्यमा यो समस्या देखिएका व्यक्ति छन् भने बेलाबेलामा शरीरको आवश्यक जाँच गराउने
  • यो समस्याको पहिचान जति छिटो भयो उपचार पनि त्यति नै छिटो हुने भएकाले आफ्ना बालबालिकाले जोर्नी दुख्यो भन्छ भने त्यसलाई सामान्य रुपमा नलिई एकपटक अनिवार्य रुपमा सम्बन्धित चिकित्सकको सल्लाह बमोजिम आवश्यक जाँच गराउने ।

प्रस्तुतिः सृजना मगर 

 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ