गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? डा. किर्तिपाल सुवेदी, स्त्री तथा प्रसूती रोग विशेषज्ञ बुधबार, २०७७ कात्तिक १९ गते, १३:१८ मा प्रकाशित प्राकृतिक रुपमा स्त्री जातीलाई प्रजननका लागि योग्य मानिन्छ । यो प्रकृतीले दिएको बरदान नै हो । यसो भन्दैमा स्त्री जाति हर समय वा जुनसुकै उमेरमा पनि प्रजननका लागि योग्य हुन्छन् भन्ने होइन । गर्भधारणका लागि उनीहरु शारीरिक एवम् मानसिक रुपमा तयार ह्ुनुपर्छ । नेपालमा आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷७५ सम्ममा ४० हजारभन्दा बढी महिला किशोरावस्थामै आमा बनेका छन् । यो भनेको स्वास्थ्यका दृष्टिकोणले आमा शिशु दुवैका लागि जोखिमपुर्ण अवस्था हो । कम उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै आमा बन्ने प्रकृयाले मातृ–शिशु मृत्युदर बढाउँछ । साथै, यसले आमा तथा शिशु दुवैमा दिर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यसको मुख्य कारण भनेकै यौन गतिविधि र प्रजननका लागि शारीरिक–मानसिक रुपमा महिला तयार नहुनु हो । किशोरावस्थामै गर्भधारण हुँदा देखिने स्वास्थ्य समस्या यौनांग च्यातिने अत्याधिक रक्तश्राव हुने प्राकृतिक रुपमा सुत्केरी नभएर शल्यक्रिया गर्नुपर्ने प्रजनन अंग र पाठेघरको आकार सानो हुने दिर्घकालीन रुपमा यौनरोगको सिकार हुने मानसिक रुपमा तयार नभएको हुँदा गर्भवतीको समयमा आउने हर्माेन परिवर्तनलाई उचित रुपमा थेग्न नसक्दा टोलाउने, बेहोस हुने र डिप्रेसनको सिकार हुने शिशुका कारण आफ्नो जीवन खेर गयो भन्नेजस्ता सोच आउने र यसैकारण शिशुहत्या समेत हुन सक्ने शिशुको उचित वृद्धि विकास हुन नसक्ने शिशुको तौल कम हुने शिशुको उचित स्याहारको कमी हुने मातृ–शिशुको मृत्यु हुने कसरी जोगिने ? यस्तो जोखिम नआओस् भन्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै प्रजननका लागि कुनै पनि महिला शारीरिक एवम् मानसिक दुवै तवरबाट तयार रहनु हो । अर्थात्, कसैको करकापमा नभई शारीरिक र मानसिक दुवै रुपमा तयार भएपछि मात्र महिलाले गर्भाधारण गर्नुपर्छ । यसका लागि प्रत्येक दम्पतिले आफ्नो परिवार योजना अनुरुप महिला स्वास्थ्यको दृष्टिकोणबाट गर्भधारण गर्नु उचित रहे वा नरहेको भन्ने विषयमा आवश्यक शारीरिक जाँच गराई यस विषयप्रतिको प्रश्न, जिज्ञासा एवम् समस्या सम्बन्धित चिकित्सकसँग परामर्श समेत लिन सकिन्छ । यसका साथै कम उमेरमा गर्भधारण गरेका महिलाले अनिवार्य रुपमा नियमित गर्भ जाँच गराउनु पर्छ भने प्रसुतीका लागि अस्पताल नै जानुपर्छ । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटोपना किन हुन्छ ? कसरी घटाउने ? यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको… डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ?… डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? डा. भाइराजा श्रेष्ठ : के हो आँशु बग्नुको रहस्य ?… डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ६ स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ७ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? Kalpana Craft ट्रेण्डिङ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)