धादिङ बस दुघर्टनाः बिरामीलाई ट्रमा सेन्टर ल्याइयो

धादिङको मलेखु भण्डारा सडकस्थित तुनीखोलामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ । बिहीबार बिहान करीब ९ बजेतिर भएको उक्त दुर्घटनामा घाइते भएका यात्रुमध्ये ७ जना लाई उपचारका निम्ति ट्रमा सेन्टर ल्याइएको हो । बाँकि अन्यलाई भने उपचारको निम्ति धादिङकै राजमार्ग सामुदायिक अस्पताल र गजुरी सामुदायिक अस्पताल पु¥याईएको छ ।
ग १ ज ३०११ नम्बरको बोलेरो जिप ताल्कीबाट पृथ्वी राजमार्गको मलेखुतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको थियोे । दुर्घटनामा परेको बोलेरो जिप सडकदेखि ७० मिटर तल रहेको तुनीखोलामा खसेको स्रोतले जनाएको छ । जिपमा २१ जना यात्रु सवार थिए ।
घाइतेहरुको हाल उपचार भइरहेको जानकारी ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ दिपेन्द्र पाण्डेले हेल्थ आवाजलाई दिए । घाइतेको अवस्था आवश्यक जाँच पछि मात्रै यकिन गर्न सकिने उनले बताए ।
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
- ७ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
तपाईको प्रतिक्रिया दिनुहोस